एजेन्सी । म्यान्चेस्टर सिटी जारी काराबाओ कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहीवार राति सम्पन्न भएको खेलमा म्यान्चेस्टर सिटीले फुलह्यामलाई २-० गोल अन्तरले पराजित गर्दै अन्तिम आठको स्थान तय गरेको हो ।
खेलको १८ औँ मिनेटमा सिटीका लागि ब्राहिम डियाजले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । उनले भिसेन्ट कोम्पनीको पासमा गोलपोष्टको जाली चुमाए ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको सिटीका लागि ६५ औँ मिनेटमा पुनः डियाजले गोल गर्दै क्लबलाई दोब्बर अग्रता दिलाए ।
निर्धारित समयसम्म फुलह्यामले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा २-० को हार बेहो-र्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया