काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसम्मेलीत र्यालीमा गोली चलेको छ । गोली लागेर पूर्वप्रधानमन्त्री खान घाइते भएका छन् ।
उनको दाहिने खुट्टामा गोली लागेको छ र उनलाई नजिकैको अस्पताल लगिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
गोली लागेर अन्य चार जना घाइते भएको बताइएको छ । प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पाकिस्तानी मिडिया रिपोर्टका अनुसार वजिराबादको जफर अली खान चोक नजिकै पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानको कन्टेनर नजिकै गोलीबारी भएको बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया