‘पीपीएल’ क्रिकेट : धनगढी ब्लुजद्वारा पोखरा पल्टन पराजित

पोखरा । जारी पोखरा प्रिमियर लिग ‘पीपीएल’ टी–२० क्रिकेटमा पोखरा पल्टनले धनगढी ब्लुजले प्ले अफमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।  

पोखरा रंगशालामा शुक्रवार भएको पहिलो खेलमा धनगढी ब्लुजले पोखरा पल्टनलाई २ विकेटले पराजित गरेको हो । १ सय ४५ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको धनगढीले १९ दशमलब ५ ओभरमा मात्र ८ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग-र्यो । 

धनगढीले १३ रन बनाएको स्थितीमा एक विकेट गुमाएको थियो । दोस्रो विकेटका लागि सुविन्धु पाण्डे र पिटर ट्रेगोले ५४ रनको साझेदारी गरे । सुविन्धु २२ रन बनाउँदै पेभेलियनमा फर्किए । 

यता ड्यानियल लरेन्स मात्र तीन रन जोड्दै आउट भए । सन्दिप जोराले ९, सौरभ खनालले ३ रन बनाए ।  पिटर ट्रेगोले ५३ रनको तथा कप्तान दिपेन्द्र सिंह ऐरीले ५१ रनको अर्धशतकिय पारी खेले । बलिङतर्फ पोखराका रासिद खानले ४ तथा ललित राजंवशी र विक्रम भुषालले समान २-२ विकेट हात पारे । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४४ रनको योगफल तयार पारेको थियो ।

पोखराका लागि रोहित कुमार पौडेलले ३१ रन, रबि इन्दर सिंहले २८ रन तथा आसिफ शेखले २३ रनको योगदान दिए । त्यस्तै कप्तान शरद भेषवाकर मात्र १४ रन बनाएर पेभेलियनमा फर्किए ।

 मोहमद नाभिदले ११ रन, राशिद खानले अविजित १५ रनतथा बिक्रम भुसालले नटआउट ११ रन जोडे । धनगढीका लागि  कमल सिंह ऐरीले १ मेडन राख्दै २३ रन खर्चेर ४ विकेट लिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?