काठमाडौं । नेपाल वायुसेवा निगमको अन्नपूर्ण विमान दोहामा ग्राउन्डेड भएको छ ।
किनेर चलाउन थालेको ४ महिना पनि नबित्दै निगमको नयाँ वाइडबडी 'ए' ३३०-२०० अन्नपूर्ण विमानमा समस्या आएपछि कतारको दोहामा ग्राउन्डेड भएको हो ।
कतारको समयानुसार विहान २ः५० बजे उडेर विहान १० बजे काठमाडौंमा अवतरण गर्नुपर्ने हवाई तालिका रहेको थियो । ४ घण्टा बितिसक्दा पनि विमान कम्पनीले कुनै जानकारी नदिएको एक विमान यात्रुले जानकारी दिए । सो विमानमा २ सय ४७ यात्रु थिए ।
निगम स्रोतले दिएको जानकारी अनुसार जहाजको ब्रेकमा समस्या आएको बताइएको छ ।
अहिले अन्नपूर्ण विमानको कतारकै हवाई इन्जिनियरलेजाँच गरिरहेको र मर्मत गरेर नेपाल ल्याउने तयारी भइरहेको बताइएको छ ।
गत असार १४ गतेमात्र यो विमान फ्रान्सको तुलुजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । निगमले दुई वटा वाइड बडी विमान नेपाल भित्र्याएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया