काठमाडौं । ज्योति विकास बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११ दशमलव ११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यो योजना नोभेम्बर ११ दशमलव ११ (कार्तिक २५ गते, २०७९) देखि लागू हुनेछ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट मार्केटिङ प्रमुख बसन्त दाहाल र दराजको डिजिटल भुक्तानी र साझेदारी प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।
ज्योति विकास बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११ दशमलव ११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त छुट प्रप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ । माथि उल्लेखित पूर्वभुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुनेछ । तसर्थ, ग्राहकहरूलाई छिटो कार्य गर्न र बिक्री सुरु हुने बित्तिकै छुटहरू प्राप्त गर्न अनुरोध गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया