यू-१८ महिला फुटबल खेलाडी जनही ५० हजारसहित सम्मानित

काठमाडौं । भुटानमा भएको साफ यु–१८ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टोलीलाई एन्फाले नगद रुपैयाँसहित सम्मान गरेको छ ।

खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार बिष्टले अखिल नेपाल फुटबल संघ ‘एन्फा’द्वारा प्रदान गरिएको जनही ५० हजार रुपैयाँ वितरण गरेका थिए । 

खेलाडीहरुलाई पुरस्कार प्रदान गर्दै सदस्य सचिव बिष्टले नेपाली चेलीहरुले राष्ट्रको नाम उच्च राख्न जुन कार्य गरेका छन् त्यो अविस्मरणिय भएको भन्दै खेलाडीहरुले यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता प्रदान गर्ने बिश्वास ब्यक्त गरे ।

उनले राष्ट्रको आधिकारीक झण्डा बोक्ने अधिकार खेलाडीलाई मात्र भएको भन्दै एन्फाबाट प्रतिवेदन प्राप्त भए पश्चात राष्ट्रको तर्फबाट पनि सम्मानको लागि पहल गर्ने बताए ।

नेपाल फाइनल खेलमा बंगलादेशसंग १–० गोलले पराजित हुँदै उपविजेता बनेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?