पोखरा । जारी पोखरा प्रिमियर लिग ‘पीपीएल’ टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत काठमाडौं रोयल्सले जीत हात पारेको छ ।
पोखरा रंगशाला शुक्रवार भएको दोस्रो खेलमा काठमाडौं रोयल्सले बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गरेको हो । १ सय ७३ रनको लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको बुटवलको पारी ९ विकेटको क्षतीमा मात्र १ सय ३५ रनमा समेटिएको थियो ।
बुटवलका लागि रोहन मुस्तफाले अर्धशतकिय पारी खेले । उनले ६१ रन जोडे । सिद्दान्त लोहनीले १३ रन, भिम सार्कीले १२ रन तथा चिराग सुरीले ११ रन जोडेका थिए । बुटवललाई सस्तैमा समेट्ने क्रममा काठमाडौंका अमर सिंह रौटेलाले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७२ रनको योगफल तयार पारेको थियो । काठमाडौंका लागि नरेश बुढाएरले ५८ अर्धशतकीय पारीप् खेले ।
कप्तान ज्ञानेन्द्रले नटआउट २५ रन जोडे । नरेश र ज्ञानेन्द्रले पाँचौ विकेटका लागि ६७ रनको साझेदारी गरे ।
जयकिशन कोल्शावालाले ४५ रन, पवन सर्राफले २२ रन तथा गौरव तोमारले ११ रनको योगदान दिए । बुटवलका लागि विपिन खत्रीले २ विकेट लिए । जितपछि काठमाडौले प्ले अफमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।
काठमाडौंले ४ खेलबाट ६ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । अब काठमाडौंले भोली ‘शनिवार’ पोखरा पल्टनको सामना गर्नेछ । यता बुटवलले पनि तेस्रो हार बेहोरेको छ । बुटवलले ५ खेलबाट ४ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया