माथिल्लो तामाकोशीको शेयर दुर्इ दिनमै ‘अोभरसस्क्रार्इब्ड’

काठमाडाैं : बिहिबारदेखि खुला गरिएको माथिल्लो तामाकोशी जलविधुत अायोजनाको शेयरमा मागभन्दा बढी अावेदन परेको छ । 

तामाकोशीले प्रतिकित्ता १०० रूपैयाँका दरले खुलाएको १ करोड ५८ लाख ८५ हजार कित्ता अार्इपीअोमा अावेदनको पहिलो दिन बिहिबार नै ८२ लाख ३५ हजार ८५० कित्ताका लागि अावेदन परेको थियो । शुक्रबार बेलुकीसम्ममा झन्डै २ करोड २० लाख कित्ताका लागि अावेदन परेको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जानकारी दिएको छ।  

शेयर खुलेको दुर्इ दिनमै १ लाख १० हजार भन्दा लगानीकर्ताले शेयर खरिद अावेदन पेश गरेका हुन् । पर्सी सोमबारसम्म लगानीकर्ताले तामाकोशी हार्इड्रोको अार्इपीअोमा अावेदन दिन सक्नेछन् । न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म अावेदन दिन सकिने व्यवस्था छ । 

मेरो शेयर प्रयोगकर्ताले अनलार्इनबाटै र अास्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट समेत तामाकोशीको शेयर भर्न सकिन्छ । 

यसअघि तामाकोशीले साउन १६ देखि भदाै २१ गतेसम्म दोलखाका अायोजना प्रभावित स्थानीयका लागि १ करोड ५ लाख ९० हजार कित्ता अार्इपीअो निष्काशन र वितरण गरिसकेको छ । दोलखाको लामाबगरमा निर्माणाधीन यो अायोजनाको उत्पादन क्षमता ४५६ मेगावाट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?