पीपीएल क्रिकेट : पोखरा पल्टन दोस्रो चरणमा प्रवेश

पोखरा । शनिबार भएको पोखरा प्रिमियर लिग (पीपीएर) अन्तर्गतको खेलामा पोखरा पल्टन दोस्रो चरणमा प्रवेश गरेको छ । 

पोखरा रंगशालामा शनिबार भएको पहिलो खेलमा ज्ञानेन्द्र मल्लको हुलास काठमाडौं रोयल्सलाई ४ विकेटले हराएर शरद भेषवाकरको पोखराले दोस्रो चरणमा स्थान पक्का गरेको हो ।

काठमाडौंले दिएको १ सय ४ रनको सामान्य लक्ष्य पोखराले १५ ओभर ५ बलमा मात्र ६ विकेट गुमाएर पुरा गरेको थियो । 

त्यस्तै पोखराका लागि मोहमद नाभिदले ३६ रन जोड्दा रबि इन्दर सिंहले २२ रन जोडेका थिए भने रोहित कुमार पौडेलले अविजित १५ रन जोड्दा आसिफ शेखले १६ र कुशल भुर्तेलले १४ रन जोडेको छ । 

काठमाडौंका अमर सिंह रौटेलाले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौंले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ३ रन जोडेको थियो । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्रले सर्वाधिक ३१ रन जोडे थियो भने अमित श्रेष्ठले २१ रन जोड्दा बसन्त रेग्मीले अविजित १९ रन जोडे ।

यसैगरी पवन सरार्फले १२ रन बनाए । 

पोखराका ललित नारायण राजवंशीले ३ विकेट लिए भने मोहमद नाभिद र राशिद खानले २ र २ विकेट लिए ।

जितसँगै पोखराले ५ खेलबाट ६ अंक जोडेको छ ।  र, शीर्ष स्थानमा रहँदै पोखरा दोस्रो चरणमा प्रवेश गरेको छ । 

काठमाडौंको पनि ५ खेलबाट ६ अंक छ । काठमाडौं पनि दोस्रो चरणमा पुगेको छ  । अब अन्तिम खेलले फाइनल पुग्ने र प्ले अफ खेल्ने टोलीको टुंगो लाग्नेछ । 

पोखराको जितसँगै बुटवल ब्लास्टर्स र विराटनगर टाईटन्स भने प्रतियोगिताबाट बाहिरिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?