कालीञ्चोकमा आजबाट केबुलकार सञ्चालन, प्रति व्यक्ति ५ सय

जिरी । दोलखाको कालीञ्चोकमा आजबाट केवलकार सञ्चालनमा आएको छ । 

धार्मिक तथा पर्यटकीय क्षेत्र कालीनञ्चोकमा दशैँ अघि परीक्षण गरिएको केवलकार आज शनिबारदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको हो ।

 केबलकार सञ्चालनमा आएपछि जिल्लाको कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीञ्चोक र कालीञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको छ ।

कालीञ्चोक दर्शन लिमिटेडका अनुसार कालीञ्चोक केबलकारको चारवटा कार रहेकोमा एउटा कारमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने छ । त्यसमध्ये हाल एउटा कार सञ्चालनमा ल्याइएको कालीञ्चोक केबलकारका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले जानकारी दिए ।

साँढे दुई वर्षअघि कालीञ्चोक दर्शन लिमिटेडले निर्माण शुरु गरेको थियो । करिब ४५ करोडको लागतमा सम्पन्न भएकोे हो ।

आजबाट सञ्चालनमा आएको केबुलकारमा यात्रा गर्दा यात्रुले प्रतिव्यक्ति पाँच सय शुल्क तिर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?