गोजी रित्याउनेगरि तेलको मूल्य बढाउने अायल निगम फेरि घाटामा !

काठमाडाैं : उपभोक्ताको ढाड सेक्ने गरि पेट्रोलियम पदार्थको मूल्य बढार्इरहेको नेपाल अायल निगमले अाफु फेरि घाटामा गएको उल्लेख  गरेको छ । 

निगम स्रोतका अनुसार र्इन्डियन अायल कर्पोरेशनसँग किनेको तेलको पैसा समेत तिर्न समस्या भर्इसकेको छ । साउनदेखि भर्इरहेको घाटा पूर्ति  गर्न मूल्य स्थिरिकरण कोष समेत रित्यार्इसकेको निगमलार्इ लेखाका कर्मचारीहरूले अब तेलको पैसा तिर्न नसक्ने अवस्था अार्इसकेको जानकारी गराएका छन् । 

साउनदेखिको घाटा पूर्ति गर्न निगमले मूल्य स्थिरीकरण कोषको रकम प्रयोग गरेको थियो । तेल सस्तो हुँदा बचेको रकम राख्ने गरिएको यो कोष पनि अहिले रित्तिर्इसकेको छ ।यो कोषमा झन्डै ४ अर्ब रूपैेयाँ थियो ।

पछिल्लो पटक अापूर्ति मन्त्री बनेका मातृका यादवले अाफ्नो र्इच्छा, नेता र मन्त्रीहरूको दबाबमा व्यापक संख्यामा दैनिक ज्यालादारी कर्मचारीका रूपमा कार्यकर्ता भर्ती गराएका छन् । निगमले ब्यहोरिरहेको घाटाको प्रमुख कारण यही नियुक्ती रहेको अर्थ मन्त्रालयका कर्मचारीहरूको बुझार्इ छ । 

र्इन्डियन अायल कर्पोरेशनलार्इ तेल किनेबापतको भुक्तानी दिन छठलगत्तै तेलको भाउ बढाउने तयारी थालिसकेको छ । त्यतिञ्जेलसम्मका लागि कोषले ऋण काढेर अार्इअोसीलार्इ रकम भुक्तानी दिन कोशिस गरिरहेको छ । 

निरन्तर घाटा देखाउँदै पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमले अहिले पनि पेट्रोलमा २ रूपैयाँ २९ पैसा, डिजमा ७ रूपैेयाँ १५ पैसा, मट्टितेलमा १५ रूपैयाँ र हवार्इ र्इन्धनमा ४ रूपैयाँ ६४ पैसा घाटा रहेको दाबी गर्ने गरेको छ । खाना पकाउने ग्याँसमा सबैभन्दा बढी ५ सय ७ रूपैयाँ १४ पैसा घाटा रहेको निगमले संस्थागत बेथितीलार्इ भने घाटाको प्रमुख कारण बताउन सकिरहेको छैन । 

सँधै अाकर्षक भर्तीकेन्द्र : 

नेपाल अायल निगम त्यस्तो सार्वजनिक संस्थान हो, जसले अर्बाैं घाटा हुँदा पनि कर्मचारीका लागि अर्बाैं रूपैयाँ बोनस बाँड्ने दुस्साहस गर्छ । अन्य सार्वजनिक संस्थानहरूमध्ये केही डुब्ने, केही निजीकरण हुने र केहीमा सिमित कार्यकर्ताहरू मात्रै भर्ती हुने भएपनि निगम भने दलका कार्यकर्ता भर्ती गर्ने खुला अखडा हो । 

अहिले निगममा प्रशासनदेखि दैनिक ज्यालादारीमा काम गर्नेको संख्याबारे निगमकै अधिकारीहरू जानकार छैनन् । दैनिक ज्यालादारी कर्मचारीका रूपमा निगम छिर्ने दलका कार्यकर्ताले कर्मचारी संगठनमार्फत अान्दोलन गर्ने र मन लागेसम्मका माग पुरा गराउने गर्छन् ।

राजनीतिक दलका कार्यक्रमहरूमा सार्वजनिक संस्थानमध्ये अायल निगम नै त्यस्तो संस्था हो, जहाँबाट एकैसाथ १ हजार भन्दा बढीको संख्यामा जुलुस र -याली निस्कने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?