तिहारको गीतमा झ्याली र मादल (भिडियो)

काठमाडौं । हिन्दू नेपालीहरुको दोस्रो महान चाड नजिकिँदै गर्दा तिहारलाई केन्द्रमा राखी गीत सार्वजनिक भइरहेका छन् । यसैबीच गायक तिलक ओली र सामना देवकोटाले नयाँ गीत सार्वजनिक गरेका छन् ।

तिहारको देउसी समेटिएको ‘झ्याली मादल’ बोलको गीतमा तिलक ओली र सामना देवकोटाको स्वर सुन्न सकिन्छ भने शब्दको रचनाका सामना देवकोटाले गरेकी हुन् ।

तिहार झल्काउने उक्त गीतमा संगीत तिलक ओलीको छ भने भिडियोमा सुधा देवकोटा र नरेश वीर सिंहले अभिनय गरेका छन् ।

गीतको भिडियोमा राजकुमार मगरको सम्पादन, मरुभूमि नारायणको छायांकन र मीलन श्रेष्ठको निर्देशन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?