‘पीपीएल’ क्रिकेट : काठमाडौं रोयल्सद्वारा चितवन राइनोजलाई ९५ रनको सामान्य लक्ष्य प्रस्तुत

पोखरा । पोखरा प्रिमियर लिग ‘पीपीएल’ टी–२० क्रिकेट अन्तर्गत एलिमिनेटर ‘प्ले अफ’को खेलमा काठमाडौं रोयल्सले चितवन राइनोजलाई ९५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । 

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं रोयल्सले १९ दशमलब ३ ओभरमा सबै विकेट गुमाउँदै ९३ रनको सामान्य योगफल तयार पारेको थियो । 

काठमाडौंका लागि कप्तान ज्ञानेन्द्रले सबैभन्दा बढी ३० रन जोडे । जय किशन कोल्शावालाले २५ रन बनाएपनि अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोडन सकेनन् ।

काठमाडौंको पारी ध्वस्त पार्ने क्रममा चितवन राइनोजका लागि सन्नी पटेलले सर्वाधिक ३ विकेट लिए ।

 स्मित पटेल र भुवन कार्कीले समान २-२ विकेट लिन सफल भए । जारी प्रतियोगितामा काठमाडौंले बनाएको यो सर्वाधिक कम रनको स्कोर हो । 

चितवन राइनोज लिगको दोस्रो र काठमाडौं रोयल्स तेस्रो हुँदै ‘प्ले अफ’को लागि छनोट भएको थियो । लिगको पहिलो चरणको खेलमा चितवनले ५ खेलमध्ये ३ मा जीत र २ मा हार बेहोरेको थियो । चितवन र काठमाडौंले समान ६-६ अंक बनाउँदै अघिल्लो चरणमा पुगेको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?