लाइफ इन्स्योरेन्सले  लगानीकर्तालाई  झुक्याउँदै लाभांश दर घटायो

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन ‘नेपाल’ले लगानीकर्तालाई  झुक्याउँदै लाभांश दर घटाएको छ । 

कर्पोरेशनले गत भदौ २४ गते आर्थिक वर्ष २०७३/७४ को नाफाबाट ३६ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको थियो । तर, सो कर्पोरेशनले लाभांस दर ३ सय प्रतिशतले घटाएको हो । 

हाल कम्पनीको एक अर्ब ३३ करोड ४६ लाख रुपैयाँ चुक्ता पूँजी छ। कर्पोरेशनले ३६ प्रतिशत बोनस शेयरपछि १ दशमलब ९० प्रतिशतको अनुपातमा नगद लाभांस वितरण गर्ने प्रस्ताव समेत गरेको थियो।

उच्च दरको बोनस शेयरका कारण कम्पनीको शेयरमा लगानीकर्ता झुम्मिएका थिए। कात्तिक १७ गते बसेको सञ्चालक समिति बैठकले पहिले दिने भनेको लाभांसलाई घटाएर १२ प्रतिशत बोनस शेयरमा झारेको थियो । कम्पनीले ० दशमलब ६३ प्रतिशत नगद लाभांस दिने  छ।

नियामकीय प्रावधान विपरित शेयर बजारमा भाउ बढाउन कम्पनीले आफूखुसी लाभांस घोषणा गरेको लगानीकर्ताहरुले आरोप लगाएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?