पोखरा । चितवन राइनोज जारी पोखरा प्रिमियर लिग ‘पीपीएल’ टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा आइतवार भएको एलिमिनेटर ‘प्ले अफ’को खेलमा ज्ञानेन्द्र मल्लको टिमलाई ६ विकेटले पराजित गर्दै पारस ख्डको टिम चितवन फाइनलमा प्रवेश गरेको हो ।
९५ रनको समान्य लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको चितवनले १८ दशमलबमा २ ओभरमा मात्र ४ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग-यो ।
चितवनका लागि स्मित पटेलले सर्वाधिक ३८ रनको योगदान दिए । त्यस्तै हरि शंकर साहले २६ रन, आरिफ शेखले अविजित २० रन जोडे । कप्तान पारस खड्का मात्र २ रन जोडेर पेभेलियनमा फर्किए ।
अनिल कुमार साह पनि १ रनमा नै आउट भए । यता बलिङतर्फ काठमाडौंका सुशन भारीले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं रोयल्सले १९ दशमलब ३ ओभरमा सबै विकेट गुमाउँदै ९३ रनको सामान्य योगफल तयार पारेको थियो ।
काठमाडौंका लागि कप्तान ज्ञानेन्द्रले सबैभन्दा बढी ३० रन जोडे । जय किशन कोल्शावालाले २५ रन बनाएपनि अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोडन सकेनन् ।
काठमाडौंको पारी ध्वस्त पार्ने क्रममा चितवन राइनोजका लागि सन्नी पटेलले सर्वाधिक ३ विकेट लिए । स्मित पटेल र भुवन कार्कीले समान २-२ विकेट लिन सफल भए ।
जितपछि चितवन लगातार चौंथो जित निकाल्दै अन्तिम दुईमा पुगेको हो ।
शुरुवाती दुई खेलमा हार बेहोरेको चितवनले त्यसपछिका बाँकी खेलमा भने जीत दर्ता गराउँदै आएको थियो । चितवनसँग पराजित भएपनि काठमाडौं रोयल्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।
अब यहि मंगलवार चितवनले उपाधिका लागि घरेलु टोली पोखरा पल्टनको सामना गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया