विरगञ्जमा खुल्यो २० करोडको लागतमा प्रेसर कुकर उद्योग

विरगञ्ज । ताम्राकार समुहले विरगञ्जको लालपर्समा २० करोडको लगानीमा उद्योगको स्थापना गरेको छ ।

डेढ दशकदेखि आल्मुनियमको भाडा उत्पादन गर्दै आएको ताम्राकार समुहले ‘रिना किचेन क्राफ्ट म्यानुफ्याक्चर्स’ उद्योगको स्थापना गरेको हो ।  

लालपर्सामा पर्ने परवानीपुर–डाईपोर्ट सडक छेउमै रहेको उक्त नयाँ उद्योग दुई विघा क्षेत्रफलमा फैलिएको छ । यो उद्योगले प्रेसर कुकर उत्पादन गरिसकेको छ ।

उद्योगका प्रशासकीय अधिकृत सुदर्शन यादवले एमआर मेटलमा जग्गा अभाव भएपछि प्रेसर कुकरको लागि छुट्टै उद्योगको स्थापना गरेको जानकारी दिए । 

यो उद्योगले  दैनिक ७ सय देखि एक हजारसम्मका बिभिन्न साईजमा प्रेसर कुकर उत्पादन गर्दै आइरहेको पनि उनले बताए । 

यो उद्योगबाट उत्पादित प्रेसर कुकरको मूल्य न्यूनतम ३ सय ६० रुपैयाँ देखि १ हजार ४ सय ७० रुपैयाँ मूल्य रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?