पाँच अर्ब ४३ करोड बढी राजश्व सङ्कलन

काठमाडौँ । बिरगञ्ज भन्सारबाट चालु आर्थिक वर्ष २०७५/७६ को तीन महिनामा पाँच अर्ब ४३ करोड बढी राजश्व सङ्कलन गरेको छ । 

भन्सार कार्यालयले लक्ष्यभन्दा  १३ प्रतिशत बढी राजश्व संकलन गर्न सफल भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल खत्रीले जानकारी दिए ।

चालू आर्थिक वर्षको साउनदेखि असोजसम्मका लागि कार्यालयले ३७ अर्ब ७५ करोड ३२ लाख लक्ष्य पाएकामा ४३ अर्ब १९ करोड १७ लाख राजश्व सङ्कलन गरेको थियो । गत आर्थिक वर्षकोे साउनदेखि असोजसम्मको तुलनामा ४२ प्रतिशतभन्दा बढी हो । आर्थिक वर्ष २०७४/७५ को साउनदेखि असोजसम्ममा ३० अर्ब ५६ करोड ३३ लाख राजश्व सङ्कलन भएको हो ।

देशको प्रमुख भन्सार नाका भएर आयात निर्यातमा वृद्धि भएसँगै राजश्व सङ्कलनमा सुधार आएको खत्रीले भने। 

कार्यालयले असोजका लागि १२ अर्ब एक करोड २४ लाख लक्ष्य पाएकामा १६ अर्ब ५४ करोड ६७ लाख राजश्व सङ्कलन गरेको हो  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?