फोटोमा हेर्नुहोस्, साँझपखको फेवाताल

जति हेरेपनि धित नमर्ने नेपालको कुनै सुन्दर स्थान हेर्न मन लागे पोखरा जानु ।

 यो किवदंती होईन, पोखराको सुन्दरताले मोहित हुनेहरुको सिफारिस हो । फेवाताल एरिया उर्फ  'लेकसाईड'  । 

पोखरा धार्मिक, ऐतिहासिक महत्त्व बोकेको सुन्दर शहर हो । सानो, सफा,शहर मदहोस पार्ने मौसमले जोकोहिलाई पनि लोभ्याउँछ ।

विशेषत पोखरा घुम्न निस्केकाहरुले फेवाताल, तालबाराही मन्दिर, डेभिड फल्स (पातले छाँगो) ,गुप्तेश्वर गुफा, विन्दवासिनी मन्दिर, सराङकोटर /प्याराग्लाइडिङ, बेगनास र रुपा ताल, सेतो गुम्बा, महेन्द्र गुफा, चमेरो गुफा, सेती खोँच , पामे (फेवाताल किनार)  छुटाउँदैनन् । तर, यी सबैभन्दा अति आकर्षक र स्वदेशी तथा विदेशी पर्यटकले नछुटाउने गन्तव्य भनेको फेवाताल र त्यसको बीचमा अवस्थित तालबाराही  मन्दिर हो । 
फेवाताल, तालबाराही
फेवाताल यती सुन्दर छ कि यसको दृश्य हेरेर धेरै साहित्यिक सिर्जना गरिएको छ ।

 फेवाताल यति शालिन ढंगले विराजमान छ कि यसको दृश्यपान गरेर कसैको पनि धित मर्दैन ।  त्यसैले त विश्वमै पर्यटकीय नगरीका रुपमा ख्याति कमाएको पोखरा महत्त्वपूर्ण धार्मिक पर्यटकीय तीर्थस्थल हो ।  

फेवाताल पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामै अवस्थित अत्यन्तै प्रसिद्ध ताल हो । यो तालमा माछापुच्छ्रे र अन्नपूर्ण हिमालको मनोरम दृश्य देख्न सकिन्छ । नेपालको दोश्रो सबैभन्दा ठूलो ताल फेवातालको बीचमा अवस्थित तालबाराही मन्दिरमा दर्शन गर्न जानेको ठूलो भिड लाग्छ । 

फेवातालको मध्य भागमा अवस्थित तालबाराही दुर्इतले प्यागोडा मन्दिर हो । यो दुर्गा भगवती (बाराही) को हिन्दु मन्दिर हो । 

दशैँ बिदाको अवसर पारेर सुन्दर नगरी पोखरामा घुम्न जाने आन्तरीक पर्यटकको भिडभाड सानो छैन ।

अझ साँझपख लेकसाईड किनाराबाट देखिने मद्होश पार्ने दृश्यहरुले पोखराको बसाई लम्ब्याउन कर गर्छन् ।

तस्वीरमा हेर्नुहोस् साँझकी फेवा ।

 

 

 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?