त्रिभुवन विमानस्थल विस्तार ठेक्का चिनियाँ कम्पनी एरोटेक्नोलोजी र्इन्टरनेशनललार्इ

काठमाडौं : मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग ठेक्का चिनियाँ कम्पनी चाइना नेशनल एरोटेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशनले पाउने भएको छ । ३ अर्ब ७५ करोड रूपैयाँ लागतको धावनमार्ग ठेक्का कर्पोरेशनले पाएको हो । 

अाज सोमबार नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) र कम्पनीबीच धावनमार्ग विस्तारको सम्झौतापत्रमा हस्ताक्षर हुँदैछ । सम्झाैता भएको ४ महिनासम्म कम्पनीले आवश्यक जनशक्ति, उपकरण, निर्माण सामाग्री र अावश्यक व्यवस्था गर्ने र निर्माणको काम शुरू गर्ने क्यानले जानकारी दिएको छ । 

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग सन् १९६७ सालमा पीच गरिएको थियो । तर, सतहमा पीच थपिँदै जाने र बारम्बार उप्कने समस्या अाएपछि प्राधिकरणले पुरानो पीचको बेसमेन्ट नै फालेर नयाँ पोर्सन थप्न चिनियाँ कम्पनीलार्इ ठेक्का दिन लागेको हो । 

यसअघि सन् १९७५, १९८५, १९९५ र २०१० मा विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको थियो । अब नयाँ ठेक्का लागेसँगै चिनियाँ कम्पनीले विमानस्थलको धावनमार्ग र ट्याक्सीवे को काम १८ महिनाभित्र सम्पन्न गर्नुपर्नेछ । अप्रिल १ तारिखबाट राती १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक ८० मिटरका दरले धावनमार्ग निर्माण हुनेछ । धावनमार्ग मर्मतका क्रममा उड्ययन प्राधिकरणले बिमानस्थल १० घण्टा बन्द हुनेछ । 

यसअघि प्राधिकरणले धावनमार्ग मर्मत गरेपनि बारम्बार पीच फुट्ने समस्या भोग्दै अाएको छ । बर्खायाममा त दैनिक ५ पटकसम्म धावनमार्ग क्षतिग्रस्त हुने गरेको छ । एयरबस सिरिजका ३३०, बोइङ ७३७, ७५७ र ७७७ अवतरण गर्दा बिमानस्थल भत्किने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?