माथिल्लो तामाकोशीको अार्इपीअो भर्नुभयो ? अाज अन्तिम दिन

काठमाडौं : दोलखाको लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविधुत अायोजनाले निष्काशन गरेको प्राथमिक शेयर (अार्इपीअो) भर्ने म्याद अाज सकिँदैछ । 

तामाकोशीले प्रतिकित्ता १०० रूपैयाँका दरले खुलाएको १ करोड ५८ लाख ८५ हजार कित्ता आर्इपीओमा हालसम्म साढे दुर्इ गुणा बढी अावेदन परेको छ । तर अाजसम्मको स्थिती हेर्दा प्रति अावेदक १० कित्ताका दरले शेयर पर्ने सम्भावना बढी छ । 

यो अायोजनाको अार्इपीअो गत बिहिबारदेखि खुला गरिएको हो । हालसम्म २ लाख ५ हजार जनाले ३ करोड ९५ लाख कित्ताका लागि अावेदन दिर्इसकेको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जानकारी दिएइको छ । अाज साँझसम्म मात्रै यो कम्पनीको अार्इपीअो खरिदका लागि अावेदन दिन सकिनेछ । 

तामाकोशीको शेयर खुलेको दुर्इ दिनमै १ लाख १० हजार भन्दा लगानीकर्ताले शेयर खरिद आवेदन पेश गरेका थिए। तामाकोशीको शेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । मेरो शेयर प्रयोगकर्ताले अनलार्इनबाटै र आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट समेत तामाकोशीको शेयर भर्न सकिन्छ । 

यसअघि तामाकोशीले साउन १६ देखि भदौ २१ गतेसम्म दोलखाका आयोजना प्रभावित स्थानीयका लागि १ करोड ५ लाख ९० हजार कित्ता आर्इपीओ निष्काशन र वितरण गरिसकेको छ । दोलखाको लामाबगरमा निर्माणाधीन यो आयोजनाको उत्पादन क्षमता ४५६ मेगावाट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?