तस्वीरमा तिहारको किनमेल

काठमाडौं । हिन्दु नेपालीहरुको दोस्रो महान पर्वको रुपमा मनाइने तिहार पर्व आजबाट शुरु भएको छ ।  । तिहार शुरु भएसँगै  बजारमा चहलपहल बढेको छ । 

तिहार पर्वको लागि चाहिने समानहरु किनमेलसँगै पर्वलाई लक्षित गरी फूल माला, टीका बिभिन्न परिकारहरुले सजिएका पसलहरुले पनि थप रौनकता थपिदिएको छ । काग तिहार देखी भाइटीकासम्म गरी पाँच दिनसम्म मनाइने तिहारमा कुकुर तिहार, गाई तिहार तथा लक्ष्मी पूजा, गोरु तिहार र भाई टिका पर्दछ ।  

तिहारले दाजुभाइ तथा दिदीबहिनी बिचको आत्मीयता र मानव तथा पशुपक्षी बिचको प्रगाढ सम्बन्ध तथा स्नेह झल्काउने गर्दछ । घरको आँगन भरी ढकमक्क फुलेको सयपत्री, मखमली फुल ती फुलहरुको बासना अनि झिलिमिली बत्तीले तिहारको रौनक अर्कै बनाइदिन्छ । यस्तै बिभिन्न पशुपक्षी र धनकी देवी लक्ष्मीको पूजाआरधना सँगसँगै बिभिन्न सस्कृति झल्किने सास्कृतिक कार्यक्रमहरु, देउसी–भैलो र पिङ अनि बिदेशीएका नेपालीहरुको आगमनले तिहारको रौनक नै बेग्लै हुन्छ । 

असनमा भाइमसलासहित सबै किसिमका उपभोग्य वस्तुको थोक तथा खुद्रा व्यापार हुनेगर्छ ।  तिहारमा भाइमसला किन्नेकहरू भने विशेष भीड छ । यस्तै झिलिमिली बत्ति किन्ने पसलमा पनि उपभोक्ताहरु अत्याधिक संख्यामा देखिन्छन् । 

राजधानीको पुरानो बजार असनमा तिहारको लागि भाइमसला तथा फूलका माला किन्नेहरुको भीड लागेको छ ।

तस्वीर: सरोज घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?