म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शिर्ष स्थानमा उक्लियो

एजेन्सी । म्यान्चेस्टर सिटी जारी इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ । 

घरेलु मैदानमा आइतवार राति सम्पन्न भएको ११ औँ चरणको खेलमा म्यान्चेस्टर सिटीले साउथह्याम्पटनलाई ६-१ को भारी गोल अन्तरले पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको हो ।

खेल शुरु भएको ६ मिनेट पनि बित्न नपाउँदै साउथह्याम्पटनका लागि वेस्ले होड्टले आत्मघाती गोल गरे । होड्टको आत्मघाती गोलबाट खेलका अग्रता बनाएको सिटीका लागि १२ औँ मिनेटमा सर्जियो अग्युरोले गोल गरे ।

त्यस्तै १८ औँ मिनेटमा डेभिड सिल्भाले गोल गर्दै खेललाई ३-१ को स्थितीमा पु-याए । 

खेलको ३० औँ मिनेटमा साउथह्याम्पटनका ड्यानीले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३-१ को स्थितीमा ल्याए । खेलको पहिलो हाफ सकिनै लाग्दा रहिम स्टर्लिङले गोल गरे । खेलको पहिलो हाफसम्म ४-१ गोल अन्तरले अगाडि रहेको म्यान्चेस्टर सिटीले दोस्रो हाफमा थप दुई गोल ग-यो । 

खेलको ६७ औँ मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्रो तथा क्लबका लागि पाँचौ गोल गरे । एक पक्षिय रहेको खेलको इन्जुरी समयमा सानेले गोल गर्दै क्लबलाई जीत दिलाए । 
जितपछि म्यान्चेस्टर सिटीले २९ अंक बनाएको छ । 

त्यस्तै आइतवार राति नै भएको अर्को खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३-१ गोल अन्तरले हराउँदै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

चेल्सीको जीतमा खेलको ३२ औँ र ६५ औँ मिनेटमा मोराताले दुई गोल गरे । ७० औँ मिनेटमा पेड्रोले एक गोल गरे । यता क्रिस्टल प्यालेसका लागि खेलको ५३ औँ मिनेटमा टाउनसेन्डले एक मात्र गोल फर्काएका थिए ।

जितपछि चेल्सीले २७ अंक बनाएको छ । समान २७ अंक नै बनाएको लिभरपुल भने लिगको तेस्रो स्थानमा झरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?