काठमाडौं । ग्राहक संख्याको आधारमा नेपालको शीर्ष १० (आईएसपीएस) मध्ये एक वेबसर्फर र अग्रणी विश्वव्यापी (आईसीटी) पूर्वाधार प्रदायक कम्पनी ह्वावेबीच आईएसपी डिजिटल रूपान्तरणको लागि पार्टनरसीप सम्झौता भएको छ ।
सम्झौतासँगै अब दुवै कम्पनीले ह्वावेको प्राविधिक नेतृत्वलाई नेपाली इन्टरनेट प्रयोगकर्ताको पहुँचमा ल्याउन हात मिलाएका छन् । यसै वर्षदेखि वेबसर्फरलाई एण्ड–टु–एण्ड नेटवर्क सोलुसनहरू र अप्टिकल, इन्टेलिजेन्ट प्रविधिहरू प्रदान गर्ने जिम्मेवारी ह्वावेले बहन गर्ने बताइएको छ ।
यो पार्टनरसीपले ताजा सोलुसनद्वारा प्रयोगकर्ताहरूको नेटवर्क गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने कुरामा दुबै कम्पनीहरू सहमत छन् – यो ह्वावेको इन्टरनेट सेवा प्रदायकमा निरन्तर (आर एण्ड डी) लगानीको परिणाम हो र फलस्वरुप यसको छिटो बढ्दो प्रयोगकर्ता आधार छ । ह्वावेले सो आईएसपीलाई यसको नेटवर्क पूर्वाधार र आर्किटेक्चरको विकासमा सहयोग गर्नेछ ।
ह्वावेले वेबसर्फरलाई निरन्तर प्राविधिक सहयोग र विशेषज्ञ सहायता पनि प्रदान गर्नेछ । थप, ह्वावेले वेबसर्फरका कर्मचारीहरूलाई आफ्नै क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्नेछ । “यो एक दीर्घकालीन र रणनीतिक साझेदारी हो जसले दुई कम्पनीका लागि विन–विन लाभहरू सिर्जना गर्नेछ,” ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम चाङले भने । “हामी वेबसर्फरको लागि एक फ्युचर–पु्रफ नेटवर्क सिर्जना गर्दैछौं र ह्वावेको पछिल्लो कन्सुमर–एण्ड उपकरणहरू नेपालमा ल्याइरहेका छौं ताकि ग्राहकहरूले वेबसर्फरको इन्टरनेट प्रयोग गरी सहज अनुभव लिन सकून्,” उनले थपे ।
वेबसर्फरका प्रबन्ध निर्देशक सुरेन क्षेत्री नयाँ साझेदारीबाट उत्साहित छन् । “बढ्दो प्रविधि र हाम्रा प्रयोगकर्ताहरूको आवश्यकताहरू बुझ्ने पार्टनरको खोजीमा, ह्वावे नै उच्च गतिको फाइबर इन्टरनेट र सुरक्षित नेटवर्क सोलुसनको लागि सोलुसन उपलब्ध गराउने प्रतिस्पर्धी बिनाको प्रविधिको लिडर रहेको छ । हामी ह्वावेका इन्टेलिजेन्ट उत्पादन र सोलुसन नेपालमा ल्याउन पाउँदा उत्साहित छौं,” उनले भने । “यस पार्टनरसीपको फलस्वरूप, वेबसर्फरका ग्राहकहरूले छिट्टै ह्वावे इन्टरनेट उत्पादन, उच्च गतिको फाइबर इन्टरनेट, थप भरपर्दो र स्थिर नेटवर्क, सिमलेस वाइफाइ रोमिङ सुविधाहरू र समग्रमा कुनै पनि अवरोध वा डाउनटाइम बिना सहज प्रयोगकर्ता अनुभवको फाइदा लिन सक्नेछन् । ह्वावेले हामीलाई बढ्दो प्रविधिहरूसँगै अगाडि राख्ने र हाम्रा ग्राहकहरूलाई लेटेस्ट प्राविधिक अनुभवहरू उपलब्ध गराउनेछ भन्ने हाम्रो दृढ विश्वास छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया