सडकदेखि सगरमाथासम्मको यात्रा, शर्मिला थापाको संघर्षमय कथा

पीडाको खातबाट मुस्कुराएको सुन्दर फूल

हरेक व्यक्तिको आफ्नै कथा छ । संघर्षको कथा, सफलताको कथा । शर्मिला थापासँग पनि एउटा यस्तै कथा छ : संघर्ष र सफलता घुलित जीवनकथा । जसमा संघर्षको मात्रा केही बढी अवश्य छ तर, सफलताको स्वादको फैलावट पनि उत्तिकै अप्रत्यासित छ।

जीवनको यो मोडमा उनी आफूलाई सन्तुष्ट पाउँछिन्, केही हदसम्म सफल पनि । भन्छिन् ‘जीवन भाग्य होइन भोगाइ हो’ । हुन पनि उनले हासिल गरेको मानसम्मान, सफलता सबै उनका भोगाइका उपज हुन् ।

बुढापाकाले भन्थे ‘मान्छे पढेर होइन, परेर जान्ने हुन्छ ।’ शर्मिला यही भनाइको ज्वलन्त उदाहरण भइदिइन् । उनले किताब पढिनन्, बरु उनका लागि यो विश्व नै खुल्ला किताब बनिदियो अनि हरेक पाइलामा आइपरेका आरोह अवरोह उनका गुरु ।

अहिले उनले आफ्नो एकल नेतृत्वमा समिदा महिला विकस मञ्च नामक संस्था चलाइरहेकी छिन् । उनको संस्था उनीजस्तै एकल महिलाहरुलाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ स्थापना भएको हो । त्यस्तै, शर्मिला ‘मोटिभेस्नल स्पीकर’ पनि हुन् । आफ्नो जीवनअनुभव मार्फत् हौसला बाँड्न उनी विभिन्न देशका विश्वविद्यालय भ्रमण गरिरहन्छिन् । हालै उनले आफूलाई प्रोफेस्नल साइकल चालकका रुपमा पनि स्थापित गरेकी छिन् । त्यसैले शर्मिला थापा सामाजिक अभियान्ताका साथै मोटिभेस्नल स्पीकर, साइक्लिस्ट पनि हुन् । 

एक्लिएपछिका दिन ....

३ दिदी, ३ दाजु मुनि जन्मिएकी शर्मिला घरकी कान्छी छोरी भएकाले सबैको लाडप्यारमै हुर्किइन् । प्राय ‘डिमान्ड’हरु पनि सजिलै पूरा हुने ।

यत्तिकैमा उनको एक युवकसँग माया बस्यो । १६ वर्षे कलिलो उमेरमा उनले त्यही युवकमा आफ्नो भविष्य देखिन् । प्रेम सम्बन्धमा भएका जोडीहरुले ‘मागी विवाह’ गर्ने जमाना थिएन त्यसैले उनीहरुले ‘भागी विवाह’ गरे ।

केटाको परिवारले शर्मिलालाई नअपनाउने जस्तो व्यवहार देखाएपछि उनीहरु डेरा गरेर कोटेश्वरमा बसे । शर्मिला १६ वर्षकी अनि उनका पति १९ वर्षका । दुवै बेरोजगार थिए, अपरिपक्व पनि । साथीभाइ र माइतीको आर्थिक सहयोगमा उनीहरु डेढ वर्ष डेरामा बसे । यहिबखत शर्मिला गर्भवती भइन् । उनलाई पुत्रलाभ भयो ।

यत्तिका वर्ष उनका निमित्त बन्द भएको घरको ढोका एकाएक खुल्यो । ‘मेरो लागि होइन, नातिको लागि भनेर थाहा थियो मलाई’ उनले भनिन् । घर सँगसँगै उनका दुखका दिनले पनि उनलाई स्वागत गरे । उनले दुवै द्वारबाट एकसाथ प्रवेश गरिन् ।

काखे छोरा, शहरमा एक्लै बसाइ यही दौरान पतिसँग सम्बन्ध विच्छेदको लफडा । समस्याका पहाडहरु क्रमश उनको थाप्लोमाथि आइलागे । श्रीमान्सँग सम्बन्ध विच्छेद गरेपछि २५ लाख पाउनु पर्ने ठाउँमा उनलाई परिवारले ५ लाख दिएर टार्यो ।

पति कुलतमा फस्नु, घरमा सासुबाट सुन्नुपर्ने गालीगलौज, आइलाग्ने लाञ्छना, चरित्र माथि उठ्ने प्रश्न उनको दैनिकी बन्यो । यही कुण्ठित जीवन बाँच्दै गर्दा एकदिन उनका पति उनलाई चटक्कै छाडेर भागे । महिनौंसम्म फर्किएनन् । ‘सासुले नै पैसा दिएर भगाको हो ।’ शर्मिलाले एकाएक निन्याउरो हुन्छिन् । यसै पनि मन नपरेकी बुहारी त्यसमाथि छोरा वेपत्ता । सासुले उनलाई घर निकाला गर्ने राम्रो बहाना पाइन् । शर्मिलाको माइती बोलाएर फेरि सुम्पिदिइन् उनीहरुकी छोरी उनीहरुलाई नै ।

माइतमा सुख पाउँछु भन्ने भ्रम धेरै दिन टिक्न सकेन । उनका सपना चकनाचुर भयो । ‘विवाहपछि माइतीका लागि पनि पराइ हुइँदो रै’छ चेली त । घरमा जति मानसिक चिन्ता झेल्नुपरेको थियो त्योभन्दा धेरै माइतीमा झेल्नुप-यो । त्यसैले छोरालाई लिएर छुट्टै बस्न थालेँ ।’ उनले तप्प आँशु खसालिन् । केही निराश देखिइन् । सम्झनै मन नलाग्ने तीता अनुभवलाई घरीघरी घच्घचाउँदा दुखी हुनु स्वभाविक पनि हो । 

काखे छोरा, शहरमा एक्लै बसाइ यही दौरान पतिसँग सम्बन्ध विच्छेदको लफडा । समस्याका पहाडहरु क्रमश उनको थाप्लोमाथि आइलागे । श्रीमान्सँग सम्बन्ध विच्छेद गरेपछि २५ लाख पाउनु पर्ने ठाउँमा उनलाई परिवारले ५ लाख दिएर टार्यो । जसमध्ये २ लाख लगानी गरेर उनले ब्यूटी पार्लर खोलिन् र बाँकी छोराको लागि बैंकमा जम्मा गरिन् । व्यवसाय विस्तारै फस्टाउँदै पनि गयो । राम्रै आम्दानी पनि भइरहेको थियो ।     

उजाडिएको जीवनमा केही वसन्त आएपछिको मौसम धेरै खुलेन । अर्थात् उनको जीवनमा फेरि काला बादल मडारिन थाले जब उनले साथीको उक्साहटमा जापान जाने योजना बनाइन् । तर, जे नहुनु थियो त्यही भयो । धेरै पैसा कमाउने प्रलोभनमा आफ्नो व्यवसाय, बैंकमा जम्मा गरेको रकम र मालसामान सबै डुब्यो । उनको ‘रक्षक’ बनेर आएकी साथी नै ‘भक्षक’ भएर निस्किन् । शर्मिलाको ७ लाख रुपैयाँ लिएर उनी फरार भइन् । 

त्यसपछिका दिनहरु उनका लागि झनै कष्टकर बने । जहाँ हात हाल्यो त्यहीँ असफलता मात्र । विपत्तिको खात लाग्यो । 

परिस्थिति यतिसम्म नाजुक भयो कि घरबेटीले भाडा माग्छन् भनेर उनी सेबेरै ४ बजे पशुपति जान्थिन् र दिनभरि उतै बसेर राति मात्र फर्कन्थिन् । आफ्नो आर्थिक अवस्थाबाट उक्सिन उनले अचार बनाएर घरघरमा बेच्ने देखि डोर–टु–डोर ब्यूटी पार्लर सर्भिस दिन समेत शुरु गरिन् । तर, ‘अभागीको खप्पर जता गएपनि ठक्कर’ भनेजस्तै यो पेसाबाट उनले हातमुख जोड्ने रकमसमेत जुटाउन सकिनन् । सर्भिस लिने तर पैसा नदिनेहरु थुप्रै भेटिए । 

‘मर्न लाग्दा छोराको फोटो देखेँ’

विदेश जाने योजना बनाएपछि शर्मिलाले छोरालाई होस्टेलमा राखेकी थिइन् । तर, सबै पैसा डुबेपछि न घरभाडा तिर्ने पैसा रह्यो न त छोराको स्कुल फि र होस्टेल चार्ज नै । 

घरमा अन्नको एक दाना समेत नहुँदा ग्यास किन्ने पैसा जुटाउनु त निकै टाढाको कुरा हो । त्यसैले उनले छोरालाई होस्टेलबाट फर्काउन चाहिनन् । सोचिन्, ‘छोरालाई यहाँ ल्याउनुभन्दा बरु होस्टेलमै बसोस् । कम्तीमा खान त पाउँछ ।’ 

‘ग्यास किन्ने पैसा नभएर १२ दिनसम्म १ कप चिया र १ प्याकेट बिस्कुटको भरमा बसेकी छु । अहिले पनि ती दिनहरु झलझली आँखामा नाच्छन् ।’ आफ्नो दुःख सुनाउँदा उनी मर्माहत भएको चेहरामा प्रष्टै देखियो । 

परिस्थिति यतिसम्म नाजुक भयो कि घरबेटीले भाडा माग्छन् भनेर उनी सेबेरै ४ बजे पशुपति जान्थिन् र दिनभरि उतै बसेर राति मात्र फर्कन्थिन् । आफ्नो आर्थिक अवस्थाबाट उक्सिन उनले अचार बनाएर घरघरमा बेच्ने देखि डोर–टु–डोर ब्यूटी पार्लर सर्भिस दिन समेत शुरु गरिन् । तर, ‘अभागीको खप्पर जता गएपनि ठक्कर’ भनेजस्तै यो पेसाबाट उनले हातमुख जोड्ने रकमसमेत जुटाउन सकिनन् । सर्भिस लिने तर पैसा नदिनेहरु थुप्रै भेटिए । 

कहीँबाट उपाय नलागेपछि अन्ततः उनले नाइट क्लबमा ‘क्लब प्रमोटर’का रुपमा काम गर्ने निधो गरिन् । उनले गर्ने काम अनैतिक वा अभद्र किसिमको थिएन । यद्यपी, एकल महिला त्यसमाथि नाइट क्लबमा काम गर्ने, जीवनमा थप समस्या ल्याउनलाई यी दुई कारण नै पर्याप्त भए । 

समयमा तलब नदिने समस्या त एकातिर छँदै छ अर्कातिर उनले धेरै पटक शारीरिक दुव्र्यवहार समेत भोग्नुप-यो । ‘म त कसैले नकारात्मक व्यवहार गर्यो भने सिधै जाइलाग्थेँ । हामीले एउटा समूह पनि बनाएका थियौं । समयमा तलब नदिँदा एकैसाथ गएर साहुलाई थर्काउँथ्यौं ।’ आफ्नै नेतृत्वमा ‘ग्याङ’ बनेको भन्दै शर्मिला मज्जाले हाँसिन् । 

केही समयपछि उनले क्लबको जागिर छोडिन् तर, त्यसबाट सबैभन्दा महत्त्वपूर्ण शिक्षा प्राप्त गर्न सफल भईन् । समूहमा शक्ति हुन्छ । एक्लै हुँदा हेपिनुपर्छ तर, समूहलाई कसैले हेप्न सक्दैन ।’
यहीँबाट उनमा एकल महिलालाई आत्मनिर्भर र जागरुक बनाउने प्रेरणा जाग्यो । ७ जना एकल महिलाको नागरिकता संकलन गरिन् । आफ्नो नेतृत्वमा संस्था खोलिन् ‘समिदा महिला विकास मञ्च’ ।

संस्थाको नाम कसरी समिदा रहन गयो भन्ने प्रश्नमा उनी भन्छिन्, “जीवनको हरेक मोडमा अरुको खुसीका लागि जल्नुपर्ने हामी महिला पनि समिदा त हौं नि !’ 

संस्था त खुल्यो तर यसलाई कसरी चलाइन्छ, उद्देश्यहरु कसरी बनाउने जस्ता अफिसियल्ली हुने कामहरुमा मेसो पाउन सकिरहेकी थिइनन् उनले । ६ लाख रुपैयाँ ऋण लिएर आफूजस्तै २-४ जना एकल महिला भेला गरिन् र अचार बनाउने, स्वीटर, गलबन्दी बुन्ने जस्ता आयमूलक क्रियाकलापमार्फत् संस्थालाई अघि बढाइन् ।

शर्मिलालाई लाग्यो यसरी दुईचार पैसा आम्दानी गर्न सकिन्छ । तर, उनले बुन्दै गरेको सपना फेरि उध्रियो । बनेका सामानले उचित बजार पाएनन् । बजार पाउनेले उचित दाम पाएनन् । यसरी मार्केटिङ ज्ञानको अभावमा यो व्यवसाय पनि डुब्यो । थाप्लोमा ऋणको भारी यथावत् नै थियो । साथीहरु पनि विस्तारै संस्थाबाट विमुख बन्दै गए । उनको दिमागले यी सबै उल्झनको एउटै मात्र निकाश पहिल्यायो, आत्महत्या ।

आत्महत्या गर्न तयार शर्मिलाले अकास्मात् आफ्नो छोराको तस्वीर देखिन् । ‘छोराको फोटो देख्नासाथ आँखाबाट बर्रर आँसु खस्यो ।’ यसो भन्दै गर्दा शर्मिलाका आँखा रसाए ।कहालीलाग्दा भोगाईले आँशुहरु खसालेरै छाड्यो ।  तप्प तप्प । 

आँसु पुच्छ्दै थपिन्, ‘म मरेपछि मेरो छोराको झन् बिजोक हुन्छ भन्ने सोचेर मर्छु भन्ने सोँच नै म-यो ।’ 

कहालीलाग्दो रातपछिको सुनौलो बिहानी

शर्मिलालाई आफ्नो जीवन ठ्याक्कै ‘एपेन्डिक्स’ जस्तै लागिरहेको थियो । आफैमा बेअर्थी तर, छिसिक्क केही हुनासाथ असह्य पीडा दिने । घटेर ३८ केजी भइसकेको ज्यानमा जोसजाँगरको धर्सासमेत बाँकी थिएन । तर, एकाएक उनको जीवनले ‘यू टर्न’ लियो ।

‘जीवनमा यति धेरै हन्डर खाएँ, यति धेरै पीडा भोगेँ कि शायद हारले पनि मलाई घरीघरी जिस्काउनबाट हार मान्यो ।’ उनले केही राहत महसुस गरेजस्तो गर्दै भनिन् ।

त्यसताका बानेश्वरमा बोक्सीको आरोपमा महिलाको आँखा फुटाएको घटनाका विरुद्ध व्यापक प्रदर्शन तथा -यालीहरु भइरहेका थिए । शर्मिलालाई पनि प्रदर्शनको हिस्सा बन्न मन लाग्यो तर, बानेश्वरसम्म पुग्ने समेत पैसा थिएन । त्यसैले लाजिम्पाटबाट हरेक दिन भोकै हिँडेर उनी बानेश्वर पुग्थिन् ।

सीपमूलक तालिम दिनलाई उनी आफै गाउँगाउँ धाउन थालिन् । यसरी सक्रियताका साथ ‘वान म्यान आर्मी’ भएर उनले संस्था हाकिन् । यही दौरान नेपालका उदीयमान सामाजिक अभियान्ताहरुको ‘डकुमेन्ट्री’ बनाउने क्रममा एक विदेशी उनको दैलोसम्म पुगिन् । उनको भोगाइ र साहसको कथाले उनलाई निकै प्रभाव पा-यो । क्रमश शर्मिलाका निम्ति विदेशी सहयोग र सम्मानका ढोकाहरु खुल्दै गए ।

डिप्रेसनले ग्रसित उनको मस्तिष्कले त्यहाँ के भइरहेको छ भन्ने भेउ पाइरहेको थिएन तर, मनले ‘जा’ भन्न छोडेन । विस्तारै उनले महिला अधिकार, अधिकारबाट वञ्चित भएको अवस्थामा कसरी लड्ने, महिलाको हकअधिकार सुनिश्चित गर्नलाई स्थापित भएका संघसंस्था आदिका बारेमा बुझ्दै गइन् । आफूले त्यस आन्दोलनबाट सिकेका कुराहरु गाउँगाउँमा गएर अरु महिलालाई सिकाउँथिन् ।

नागरिकता नपाएका, घरेलु हिंसा पीडित आदिलाई न्याय दिलाउन उनी पुलिस चौकी देखि महिला संस्थाको ढोका ढकढकाउन पुग्थिन् । यस्ता क्रियाकलापमा संलग्न हुँदा उनले आफ्नो अस्ताउँदो संस्थालाई पुनर्जीवित गर्ने ‘आइडिया’ प्राप्त गरिन् । यसपालि उनीहरु सामान उत्पादन गर्ने मात्र नभएर उत्पादित सामाग्रीका निमित्त उचित बजार व्यवस्थापन गर्ने काममा पनि उत्तिकै सक्रियताका साथ लागिपरे ।

सीपमूलक तालिम दिनलाई उनी आफै गाउँगाउँ धाउन थालिन् । यसरी सक्रियताका साथ ‘वान म्यान आर्मी’ भएर उनले संस्था हाकिन् । यही दौरान नेपालका उदीयमान सामाजिक अभियान्ताहरुको ‘डकुमेन्ट्री’ बनाउने क्रममा एक विदेशी उनको दैलोसम्म पुगिन् । उनको भोगाइ र साहसको कथाले उनलाई निकै प्रभाव पा-यो । क्रमश शर्मिलाका निम्ति विदेशी सहयोग र सम्मानका ढोकाहरु खुल्दै गए ।

उनको संघर्ष, अदम्य साहस र सामाजिक अभियानको कदरस्वरुप सन् २०१५ मा उनलाई यूएनडिपीले ‘एन–पिस’ पुरस्कारले पुरस्कृत ग-यो ।

पढाइ एसएलसीसम्म मात्र भएपनि उनले बेलायत, स्कटल्यान्ड लगायत विभिन्न देशका स्नातकोत्तर तथा विद्यावारिधि अध्ययनरत विद्यार्थीका अगाडि उभिएर ‘मोटिभेस्नल स्पीच’ दिएकी छिन् ।

‘मोटिभेस्नल स्पीकर’ कै रुपमा उनले ९ वटा देशको भ्रमण गरिसकिन् । जीवनले उनको बाटोमा उभ्याइदिएको अचाक्ली भयानक पहाडलाई उनले धैर्यता र साहसले पार गरिन् । 

‘जीवनदेखि खुसी हुनुहुन्छ ?’

‘अहिले त खुसी छु । सन्तुष्ट छु । ती दुखहरु दुखदायी अवश्य थिए तर, फलदायी पनि ।’ मन्ध मुस्कुराउँदै उनले बताइन् ।

शर्मिला अहिले साइकलमा सगरमाथा आरोहण गर्ने तयारीमा लागेकी छिन् । हरेक पल केही न केही नयाँ सिक्न चाहने शर्मिला भन्छिन् ‘जीवनमा नयाँ एक्स्पेरिमेन्ट गरिरहन्छु । त्यसैको उदाहरण हो साइकलमा सगरमाथा आरोहण गर्नु पनि ।’

‘सक्छु जस्तो लागेको छ ?’

‘सक्छु । सजिलो काम गर्दा के मज्जा ? अब त गाह्रो काम गर्ने बानी लागिसक्यो ।’  


 

Leave a comment