एशिया बैंकले सामुदायिक विद्युत उपभोक्ता महासंघसँग साझेदारी गर्दै

काठमाडौं । एनआईसी एशिया बैंकले सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघसँग साझेदारी गर्ने भएको छ। 

एशिया बैंकले सामुदायिक विद्युत उपभोक्ता संस्थाहरुको वितीय क्षमता विकासको लागि राष्ट्रिय महासंघसँग साझेदारी गर्न लागेको हो । 

साझेदारीका लागि महासंघका अध्यक्ष नारायण ज्ञवाली र बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
 
आगामी तीन वर्षभित्र सरकारले  आधारभूत रुपमा सबै नेपालीको घरमा विद्युतको पहुँच पु-र्याउने र पाँच वर्ष भित्रमा आवश्यकता अनुसार विद्युत उपलव्ध गराउने भन्दै बैंकले साझेदारी गरेको हो।

उक्त सम्झौतापछि बैंकले आफ्ना  देशभरका २ सय ६५ शाखा र २९ एक्सटेन्सन काउन्टरहरुमार्फत सामुदायिक विद्युत वितरक संस्थामा बैकिङ स्रोत उपलब्ध गराउनु रहेको छ ।

साथै उद्यमशीलता विकास गर्ने, निम्न आय भएका सीमान्तकृत समुदायमा लगानी गर्ने र साना तथा मध्यम व्यवसाय वा उद्योगहरुमा लगानी गर्ने पनि रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?