भैरहवा नाकाबाट करिब ६१ हजार काजु नेपाल भित्रियो

काठमाडौँ। चालू आर्थिक वर्षको साढे तीन महिनामा भैरहवा नाकाबाट  ६० हजार ६ सय ५४ किलो  प्रशोधित काजु  नेपाल भित्रिएको छ ।

साउन १ देखि कात्तिक १६ गतेसम्म भैरहवा नाका हुँदै ६० हजार ६ सय ५४ किलो  प्रशोधित काजु  नेपाल भित्रिएको हो। नेपालीहरुको महान चार्ड दशैँ र तिहारमा अत्यधिक मात्र प्रयोग  हुँदै आइरहेको छ । काजु तिहारमा भाइमसलाको मुख्य वस्तुको रूपमा लिने पनि लिदै आइरहेको छ । 

भैरहवा बेलहिया नाका हुँदै भाइमसलाका रूपमा प्रयोग हुने अन्य सामग्रीको आयात अघिल्लो वर्षको तुलनामा घटे पनि काजुको आयात भने अत्यधिक रुपमा बढेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले बताए । 

गत आर्थिक वर्षमा भने साउनदेखि कात्तिकसम्म जम्मा १५ हजार ४ सय ३४ किलो काजु मात्र आयात भएको थियो ।त्यस्तै किसमिस, ओखर, बदाम आल्मोन्ड, पिस्तालगायतका वस्तुको आयात भने गत आर्थिक वर्षको तीन महिनाको तुलनामा घटेको छ ।

भैरहवा भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको साढे तीन महिनामा किसमिस ६६ हजार २ सय ९१ किलो आयात भएको छ ।

गत वर्षको सोही अवधिमा भने १ लाख २४ हजार ८ सय ७५ किलो आयात भएको थियो । त्यस्तै गरी बदाम अल्मोन्ड ९ हजार २ सय २ केजी मात्रै आयात भएको छ । अघिल्लो वर्षको कात्तिकसम्म २० हजार ५ सय ९८ केजी आयात भएको थियो । 

गतवर्ष १ लाख ५४ हजार २ सय ६३ केजी ओखर घाँजी आयात भएकोमा यो वर्ष जम्मा ६ हजार १ सय ३७ केजी मात्रै आयात भएको भन्सार कार्यालयले जनाएको छ । पिस्ताको आयात भने सबैभन्दा बढी घटेको छ ।

अघिल्लो वर्ष २३ हजार ६ सय ७२ किलो पिस्ता आयात भएकोमा यो वर्षको कात्तिक १६ गतेसम्म जम्मा २ सय २ किलोमात्र आयात भएको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ ।

व्यापारीहरूले काजुको आयात यही नाकाको प्रयोग गरी ल्याएको भए पनि अन्य वस्तु वीरगन्ज नाकाबाट आयात गरिएकाले आयातमा कमी देखिएको हुनसक्ने अधिकृत पौडेलले जानकारी दिए । यो आर्थिक वर्षको साढे तीन महिनामा काजु, किसमिस, आल्मोन्ड बदाम, ओखर, पिस्ता मात्रै करिब १० करोड मूल्यको आयात भएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?