चौधरीलाई नयाँ ठाउँको तनाव, त्रिपाठीलाई परिवर्तनको डर

लोकपथ
42
Shares

नवलपरासी । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं १ को चुनावी माहोलले सबैको ध्यानाकर्षण गरेको छ । कसैलाई नयाँ ठाउँको चिन्ताले तनाव सिर्जना भएको छ भने कसैलाई परिवर्तनको डरले सताएको छ । निर्वाचन क्षेत्र नं १ को प्रतिस्पर्धामा रहेका उम्मेदवारद्वय विनोदकुमार चौधरी र हृदयेश त्रिपाठी चुनावी रणभूमिमा आमनेसामने छन् ।

उद्योगपति एवं अर्बपति चौधरी नेपाली कांग्रेसबाट चुनावी मैदानमा छन् । त्रिपाठी जनता प्रगतिशील पार्टीबाट चुनावी मैदानमा छन् । चौधरी लोकतान्त्रिक वाम–गठबन्धनका उम्मेदवारसमेत हुन् । त्यस्तै त्रिपाठीले नेकपा (एमाले) को समर्थनमा उम्मेदवारी दिएका छन् । यी दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

चौधरीले लोकतान्त्रिक वाम–गठबन्धनबाट उम्मेदवारी दिए पनि उनले निर्धक भएर ‘म चुनाव जित्दैछु’ भन्न सकेका छैनन् । यस्तै यो क्षेत्रबाट लामो समयदेखि राजनीति गर्दै आएका त्रिपाठी पनि म चुनाव जित्छु भन्नसक्ने अवस्थामा छैनन् ।

मधेसको मुद्दामा लामो समय राजनीति गर्दै पाँच पटक विजयी हासिल गरेका त्रिपाठी २०७४ सालको निर्वाचनदेखि एमालेको सहारामा चुनाव लड्न बाध्य छन् । विसं २०७४ को निर्वाचनमा त्रिपाठीले सूर्य चिह्न लिएर विजयी भएका थिए । अहिले उनी आफ्नै पार्टीको चुनाव चिह्न कोदालो बोकेको किसान लिएर चुनावमा होमिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?