यी ५ हाइड्रोपावर कम्पनी, जसको अार्इपीअो किन्नुअघि ‘रेटिङ’ हेर्नुहोस

काठमाडाैं : अाफुले अांकलन गरेजस्तो वा राम्रो कम्पनीले दिर्इरहेको प्रतिफल बराबरकै लाभांश अपेक्षा गरेर शेयरमा लगानी हाल्ने, तर कम्पनीले बर्षाैंसम्म लगानी गरेबापत कुनै प्रतिफल नदिने समस्याले हजाराैं लगानीकर्ता अाजित छन् । कम्पनीको खराब प्रदर्शनका कारण भएभरको लगानी डुबेपछि धेरै लगानीकर्ता मानसिक र शारिरिक क्षति ब्यहोर्न बाध्य छन् । 

पूँजीबजारमा शेयर कारोबारमार्फत लाभ लिन लगानीकर्ताको खुट्टा कि त सही बाटोमा टेकिनुपर्छ, कि त बजारबारे उनीहरूसँग ज्ञान हुनुपर्छ । लहलहैको भरमा कुनै कम्पनीमा शेयर हालेर संयोगले राम्रै प्रतिफल पाएका लगानीकर्ता हाैसिएर जथाभावी शेयर किन्न थाल्ने समस्या नेपालको पूँजीबजारमा विद्यमान छ । विश्वका स्टक मार्केटमा सम्पति गुमाएका मानिसहरूको कथा-व्यथा निकै कहालीलाग्दो छ । 

उसो भए शेयरबजारका मानिसहरूले लगानी र अाफुलार्इ कसरी सुरक्षित गर्ने त ? के नेपालमा लगानीकर्तालार्इ सुरक्षित कारोबारमा लगाउन सक्ने गरी 'नलेज ब्यांक' तयार भएको छ त ? 

जलविधुत कम्पनी निष्काशन गर्न लागेको शेयर कित्ता संख्या रेटिङ
जोशी हार्इड्रोपावर १६ लाख ९० हजार ४७० (स्थानीय बासिन्दाले नकिनेको २ लाख ४२ हजार १० कित्तासहित) इक्रा एनपि आइपिओ ग्रेड ५
युनियन हाइड्रोपावर ३५ लाख ३४ हजार ३४० कित्ता (स्थानीय बासिन्दाले नकिनेको ६ लाख २१ हजार ७९० कित्तासहित) इक्रा एनपि आइपिओ ग्रेड ५
शुभम पावर ५ लाख ८० हजार ५८० कित्ता (स्थानीय बासिन्दाले नकिनेको १ लाख ८० हजार ५८० कित्तासहित)
भैरवकुण्ड हाइड्रोपावर ३१ लाख ८३ हजार २८० कित्ता
युनिक हाइडेल ५ लाख ५० हजार कित्ता (अायोजना प्रभावित स्थानीयका लागि)

पक्कै छ । पछिल्ला बर्षहरूमा मुख्य सहरहरूमा शेयर बजारसम्बन्धी तालिम दिने संस्थाहरू खुलेका छन् । कुनै कम्पनीले शेयर जारी गर्नुअघि त्यसको लगानी जोखिम र स्तरबारे छुट्यार्इदिने काम रेटिङ कम्पनीहरूले गरिरहेका छन् । सवाल चाहिँ यो हो कि, शेयर बजारसम्बन्धी सूचना र अाधारभूत ज्ञान तपार्इँ लिनुहुन्छ कि यसबारे वास्तै गर्नुहुन्न छ। 

केही समयभित्रै नेपालका ५ वटा जलविधुत कम्पनीले प्राथमिक निष्काशन (अार्इपीअो) जारी गर्न लागेका छन् । अार्इपीअो भन्नासाथ जसरी हुन्छ रकम जम्मा पारेर अावेदन हालिहाल्ने सर्वसाधारण लगानीकर्ताहरूले यी ५ वटा कम्पनीको 'पर्फमेन्स' बाट कस्तो कम्पनीको शेयर किन्नेबारे जानकारी लिन सक्छन् । 

अायोजना प्रभावित स्थानीयले अाफुहरूलार्इ निश्चित प्रतिशत शेयर दिनुपर्ने भन्दै जलविधुत अायोजनाको कार्यालयमा ताला लगाउने सम्मका काम गर्छन् । तर, केही कम्पनी यस्ता छन् : जसले जारी गरेको अार्इपीअो समेत स्थानीयले किन्दैनन् । 

निकट भविष्यमा शेयर जारी गर्न लागेका जोशी, युनियन र शुभम पावर त्यस्तै कम्पनी हुन्, जसले अायोजना प्रभावितका लागि जारी गरेको प्रतिकित्ता १ सय रूपैयाँ दरको अार्इपीअो समेत बिक्न सकेन । सो नबिकेको शेयर समेत जोडेर यी कम्पनीहरूले सर्वसाधारणका लागि अार्इपीअो जारी गर्दैछन् । शेयर रेटिङ गर्ने संस्थाका अनुसार यी कम्पनीको शेयर किन्दा लगानीकर्तालार्इ फार्इदा नहुने पर्याप्त अाधार छन् । ग्रेड ५ दिर्इएको यस्ता शेयरहरूको बिक्रीमा प्रतिबन्ध नै लगाउनुपर्ने माग शेयर बजार बुझेका लगानीकर्ताहरूले गरिरहेका छन् । 

अब तपार्इँको पालो । शेयर खरिद गर्नुअघि सम्बन्धित कम्पनीबारे प्रवाह भर्इरहेको सूचना केलाउनुस । कम्पनीको वित्तीय विवरण हेर्नुहोस । अनुभवी लगानीकर्तासँग परामर्श गर्नुहोस । सो कम्पनीको शेयरलार्इ दिर्इएइको रेटिङ थाहा पाउनुहोस । त्यसपछि लगानी गर्ने या नगर्ने निर्णय अाफैं गर्नुहोस । सस्तो वा १०० रूपैयाँमा पार्इयो भन्दैमा तपार्इँ अाफ्नो कमार्इलार्इ कसरी नजरअन्दाज गर्न सक्नुहुन्छ र ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?