मलाइकाको त्यो पोष्ट जसले अर्जुन कपूरसँग विवाहको संकेत दियो

लोकपथ
259
Shares

काठमाडौं । मलाइका अरोरा अर्जुन कपुरसँग विवाह गर्न लागेकी हुन् ? के यो जोडी चाँडै बिहे गर्दैछन ? यी यावत प्रश्नहरु अहिले उनीहरुका फ्यान र बलिउड जगतमा चर्चामा रहेको विषय हो ।

यी दुई स्टारहरुको विवाहको कुरा अचानक बाहिर आउनुको कारण हो मलाइकाको फेसबुक पोष्ट । वास्तवमा, मलाइका अरोराले केही समयअघि आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेर विवाहको संकेत गरिन् ।

आफ्नो तस्बिर सेयर गर्दै उनले लेखेको कुरामा सबैले उनलाई कमेन्ट गर्दै बधाई दिइरहेका छन् । आफ्नो सुन्दर तस्बिर सेयर गर्दै अभिनेत्रीले लेखेकी छिन्, ‘आइ सेड एस’ अर्थात मैले हुन्छ भने ।

अभिनेत्रीको क्याप्सन पढेपछि सबैले मलाइका अरोराले अर्जुन कपूरलाई विवाहका लागि हो भनेकी हुन् भन्ने अनुमान गर्न थालेका छन् ।

अर्जुन कपुर, मलाइका अरोरा

एक प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘टू बी मिसेस कपूर’। मलाइका अरोरा र अर्जुन कपुर लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका छन् । सुरुमा दुवैले आफ्नो सम्बन्धलाई आधिकारिक भनेका थिएनन् । तर, जबदेखि उनीहरुले आफ्नो प्रेम सार्वजनिक गरे, उनीहरु छुट्टिदेखि बी–टाउन पार्टीसम्म एक–अर्काको हात समातेको देखिएका छन् ।

उनीहरु दुबैलाई सँगै देखेर फ्यानहरुले उनीहरुको बिहेको बारेमा सोधपुछ गरिरहन्छन् । तर, दुवैले आफ्नो विवाहको औपचारिक घोषणा भने गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?