योगगुरू रामदेवको व्यापार मोह : अब ‘दिल्लीवाला’ जिन्स पार्इन्ट !

काठमाडाैं : चर्चित भारतीय योगगुरू रामदेवले 'पतन्जली परिधान' को ब्राण्डमा जिन्स पार्इन्ट बेच्न शुरू गरेका छन् । 

भारतको रजधानी नयाँदिल्लीमा उनले कपडाको पहिलो पसल उद्घाटन गरेका छन् । नेताजी सुभाष प्लेसमा फिल्म निर्देशक मधुर भण्डाकरदेखि दर्जनाैं सेलिब्रेटीहरूलार्इ जम्मा पारेर रामदेवले डिसेम्बरसम्म २५ वटा कपडाका दोकान खोल्ने बताएका छन् । 

रामदेवले खोलेको नयाँ पसलमा एउटा जिन्स पार्इन्टको मूल्य ११ सय भारू पर्छ । दिपावलीको अवसरमा उनले अन्य व्यापारिक घरानाले जस्तै २५% छुट पनि दिएका छन् । 

रामदेवको पसलमा अाधुनिक पोशाकदेखि गरगहनाहरूसम्म बेच्न राखिएको छ । यो पसलमा कपडामात्रै ३ हजार भन्दा बढी प्रकारका छन् । 

योगका शुत्रधार मानिने पतन्जलीको नामबाट व्यापार शुरू गरेका रामदेवले यसअघि अायुर्वेदिक अाैषधी, दुग्धजन्य पदार्थ र चामल लगायतका खाद्यान्न बेचिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?