तिहारमा लोडसेडिङ हुन नदिन कुलमानले ३५ सय कर्मचारी खटाउने

काठमाडाैं : अत्याधिक बिधुत खपत हुने पर्व तिहारमा विधुत कटाैती हुन नदिन नेपाल विधुत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले ३ हजार ५ सय कर्मचारीलार्इ २४ सै घन्टा खटाउने भएका छन् । 

दशैंपछिको महत्वपूर्ण पर्व तिहारमा देशभर नै २४ सै घन्टा विधुत अापुर्ति सहज बनाउन प्राधिकरणले जनाएको छ । ३५ सय कर्मचारीलार्इ २४ सै घन्टा विधुत अापुर्ति सहज बनाउन खटाउने र विधुत प्रसारणमा कुनै अवरोध हुन नदिने प्राधिकरणले दाबी गरेको छ । 

प्राधिकरणले हरेक विधुत वितरण केन्द्रबाट २५ जनाका दरले कर्मचारी खटाउने भएको छ । नो लार्इट शाखाका कर्मचारीलार्इ समेत नियमित रूपमा परिचालन गरिसकिएको प्राधिकरणले जानकारी दिएको छ ।

२ बर्षअघिदेखि देशभर विधुत अापूर्ति सहज बनाएको प्राधिकरणले तिहारका बेला १ हजार २ सय ७० मेगावाट विधुत माग हुने र १ हजार ५ सय मेगावाटसम्मको बिजुली अापूर्ति हुँदा लोडसेडिङ गर्नु नपर्ने जनाएको छ । कुनै घर अँध्यारो नहोस् भनि विशेष सावधानी अपनार्इएकाले तिहारका बेला उद्योग तथा प्रतिष्ठानको बिजुली समेत घरायसी प्रयोजनका लागि वितरण गर्ने तयारीमा प्राधिकरण छ ।

ग्रीड, वितरण केन्द्र र नो लार्इटका कर्मचारीले लापरवाही गरी विधुत अापुर्तिमा समस्या निम्त्याए उनीहरूमाथि नै कारबाही हुने भएको छ । उपभोक्ताको फोन नउठाउने र समस्या भएका स्थानमा अाधा घन्टाभित्र बिजुली पठाउन नसक्ने कर्मचारी कारबाहीको भागीदार हुनुपर्ने प्राधिकरणले चेतावनी दिएको छ । 

तिहारका बेला माग हुने बिधुत व्यवस्थापनका लागि भन्दै प्राधिकरणले कुलेखानी अायोजना समेत चलाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?