सिटिजन्स बैंकलार्इ पहिलो त्रैमासमा ४२ करोड ८८ लाख रूपैयाँ नाफा

काठमाडाैं : सिटिजन्स बैंकले चालु अार्थिक बर्षको पहिलो त्रैमासमा ४२ करोड ८८ लाख ११ हजार रूपैयाँ खुद नाफा अार्जन गरेको छ । 

बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार गत वर्षको पहिलो त्रैमासको ३४.३८ बढी नाफा अार्जन भएको देखिएको छ । गत वर्ष  सिटिजन्सले ३१ करोड ९० लाख ९७ हजार रुपैयाँ खुद नाफा अार्जन गरेको थियो । 

खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा सुधार भएपछि खुद नाफा पनि बढेको बैंकले जनाएको छ । कुल नाफामध्ये बैंकको वितरणयोग्य नाफा भने ३४ करोड ३५ लाख रुपैयाँ रहेको छ । बैंकले सञ्चालन नाफा पनि ४४ करोड ६९ लाखबाट बढाएर ६० करोड ५९ लाख २९ हजार रुपैयाँ पु-याएको छ । गत वर्षको तुलनामा सञ्चालन नाफा ३५.५८ प्रतिशतले बढी हो । 

पहिलो त्रैमाससम्ममा६३ अर्ब ३८ करोड ७२ लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरेको सिटिजन्सले ५९ अर्ब ८८ करोड ३६ लाख ३१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । गत वर्ष बैंकले ५२ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गर्दा ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्न सकेको थियो । 

८ अर्ब ७ करोड ९६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको सिटिजन्सको रिजर्भ कोषमा ३ अर्ब ३२ करोड ७५ लाख ७७ हजार रुपैयाँ देखिएको छ । यस्तै, खराब कर्जा अनुपात पनि १.९९ प्रतिशतबाट १.२३ प्रतिशतमा झारेको छ । 

कस्ट अफ फन्ड ८.७४ प्रतिशत रहेको यो बैंकको कर्जा निक्षेप अनुपात ७९.६२ प्रतिशत पुगेको छ । बैएंकको प्रतिशेयर अाम्दानी ३१ रूपैयाँ २६ पैसा र प्रतिशेयर नेटवर्थ १४१ रूपैयाँ १८ पैसा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?