पोखरा । जारी पोखरा प्रिमियर लिग ‘पीपीएल’ क्रिकेटको उपाधिका लागि चितवन राइनोजले पोखरा पल्टनको सामना गरिरहेको छ ।
घरेलु समर्थकको साथ पाएको शरद भेषवाकरको पोखरा पल्टन पारस खड्काको चितवन राइनोजलाई हराउँदै उपाधि जित्ने रणनीतिका साथ मैदानमा उत्रदैछ । पोखरा रंगशालामा भेषवाकरको टिम टस जितेर पहिले फिल्डिङ रोजेको छ भने खड्काको टिमले ब्याटिङ गरिरहेको छ ।
यो प्रतियोगिताको विजेताले नगद २७ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले १० लाख रुपैया हात पार्नेछन् । प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले एक -एक थान मोटरसाइकल प्राप्त गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया