एजेन्सी । स्पेनी राफेल नाडालले यो वर्षको अन्तिम प्रतियोगिता ‘एटिपी’ मास्र्टस फाइनल्स टेनिस च्याम्पियनसिप नखेल्ने भएका छन् ।
गोलीगाँठोको चोटका कारण उनले यो प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका हुन् । प्रतियोगिता अगावै गोलीगाँठोको सल्यक्रिया गर्नुपर्ने भएकाले उनले ‘एटिपी’ फाइनल्स नखेल्ने बताएका छन् ।
उनले यसअघि पनि चोटकै कारण पेरिस मास्टर्स टेनिस च्याम्पियनसिपमा पनि भाग लिएका थिएन । पूर्व विश्व नम्बर एक नाडाललाई सर्वियाली नोभाक जोकोभिचले पुरुष वरियतामा उछिनेका थिए ।
नाडालले यो प्रतियोगिता नखेल्ने भएपछि विश्व नम्बर आठ अमेरिकी जोन इस्नरले च्याम्पियनसिप खेल्ने मौका पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया