१. सर्वोच्च अदालतले नो नट अगेन अभियानका नाममा जारी गरेको अन्तरिम आदेशलाई न्यायाधीश सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासले दियो निरन्तरता, अब सामाजिक सञ्जालमा नो नट अगेनको दृष्टिकोण व्यक्त गर्नेहरुलाई निर्वाचन आयोगले कारबाही गर्न नपाउने ।
२. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायिक स्वतन्त्रतामा आघात पु¥याएको भन्दै नेपाल बार एशोसिएसनले जनायो आपत्ति, न्यायपालिकाको निष्पक्षता र सक्षमतामा नै शंका उब्जन सक्ने भाषा शैलीको प्रस्तुति उचित नभएको भन्दै विधिको शासनको पालना गर्न ध्यानाकर्षण ।
३. नेकपा एमालेले जहाँ टेक्यो त्यहाँ विकास हुने गरेको अध्यक्ष केपी ओलीको दाबी, जनकपुरमा एमालेकै कारण नेपालको आफ्नै रेल चल्न थालेको भनाइ ।
४. मंसिर ४ को निर्वाचन परिवर्तन पक्षधर र विरोधीबीचको लडाईं जस्तै रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ, परिवर्तन विरोधीहरु राजा महाराजाको पुनस्र्थापनाको पक्षमा उभिएको भन्दै ओलीलाई गरे ब्यङ्गय ।
५. निर्वाचन आयोगले उम्मेदवारी खारेजीको माग गर्दै दिएको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेपनि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की प्रचारप्रसारमा सक्रिय, ‘स्वस्थ नेपाली सुखी नेपाली’ नारा लिएर घर दैलोमा ।
६. निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन आचारसंहिता जारी गरे पनि रुपन्देहीमा सत्तापक्ष उल्लंघनमा अगाडि, सत्ताको आडमा केहीले संरक्षण पाउँदा केही स्पष्टीकरण दिन धाउँदै ।
७. मतदाताले चाहेसम्म आफू चुनाव लडिरहने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको भनाइ, काठमाडौं क्षेत्र नम्बर १ का मतदाताको माया पाइरहेको र फेरि पनि पाउने विश्वास व्यक्त ।
८. नेपाली कांग्रेसद्वारा वागी उम्मेदवारी दिएका पार्टीका क्रियाशील सदस्य इच्छाबहादुर वाग्लेलाई कारबाही, ५ वर्षका लागि पार्टीको सदस्यतासमेत नरहने गरी हटाउन निर्देशन ।
९. चुनाव भनेको एउटा व्यक्ति वा दल चुन्ने मात्र नभएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइ, देशको सुन्दर र सुदूर भविष्य चुन्न विचार पुर्याउनुपर्ने तर्क ।
१०. सप्तरीको राजबिराज नगरभित्र टाँगेका निर्वाचन प्रचार सामग्री हटाउन थालियो, विभिन्न क्षेत्रमा टाँगिएका ब्यानरले नगर नै कुरूप बनेको गुनासो ।
११. लगातार चौथो कारोबार दिन पनि सेयर बजारमा गिरावट, साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से २३.५३ अंकले घट्दा १ अर्ब ११ करोडको कारोबार ।
१२. योर्क शहरको भ्रमणमा रहेका बेला बेलायती राजा चाल्र्स तृतीय र रानी क्यामिलामाथि अण्डा प्रहार, राजारानीमाथि अण्डा प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ ।
१३. नाइजेरियाली सेनाद्वारा इस्लामिक चरमपन्थी समूह बोको हरामका पाँच लडाकु मारिए, विद्रोही मारिएसँगै उनीहरुले बन्धक बनाएर राखेका सात महिला रिहा ।
१४. विभागीय टोली एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश, मधेश प्रदेश ७ विकेटले पराजित ।
१५. र, भारतलाई १० विकेटले हराउँदै इङ्गल्यान्ड आईसीसी टी–२० विश्व कप क्रिकेटको फाइनलमा प्रवेश, फाइनल खेलमा इङ्गल्यान्डले आइतवार पाकिस्तानको सामना गर्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया