नेपाली बजारमा आयो बजाज पल्सर एनएस १ सय ६० ट्वीन डिस्क बाइक

काठमाडौं। ‘एचएच’ बजाजले अल न्यू बजाज पल्सर एनएस १ सय ६० ट्वीन डिस्क बाइक नेपाली बजारमा बिक्री वितरण शुरु गरेको छ । 

बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता ‘एचएच’ बजाजले  पल्सर एनएस १ सय ६० ट्वीन डिस्क बाइक नेपाली बजारमा उपलब्ध गराएको हो । 

यो बाइक २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र बिभिन्न चार कलरमा उपलब्ध छ। सो बाइक प्यासन रेड ,पर्ल मेटालिक ह्वाईट, सफ्फिरे ब्लु  एण्ड ग्लसी पेव्टर ग्रे कलरको रहेको छ।  बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ।

नयाँ बजाज पल्सर १ सय ६० टिडीमा ड्यूल डिस्क ब्रेक दिइएको विज्ञप्तिमा उल्लेख छ। युवापुस्तालाई आकर्षित गर्न पछाडि मोटो ह्वील, मोटो टायर, च्येसीस र सकर पनि पहिलाको तुलनामा ठूलो बनाएर ल्याइएको छ।

बाइकमा स्प्लीट सिट, स्प्लीट ग्रेव रेल, लोंगेर व्हील्बेस राखिएको छ। यसको मूल्य दुई लाख ८६  हजार ९ सय रुपैयाँ तोकिएको छ।  

Leave a comment