‘धनपति’ युट्युबमा (फिल्मसहित)

काठमाडौं । चलचित्र ‘धनपति’ युट्युबमा सार्वजनिक गरिएको छ । केही समय पहिले आइफिल्क्समार्फत सार्वजनिक गरिएको यो फिल्म युट्युबमा पनि सार्वजनिक गरिएको हो ।

‘पशुपतिप्रसाद’ का निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गरेको यो फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, आशान्त शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रले नेपाल बन्द र राजनैतिक विसङ्गतिलाई विषयवस्तु बनाएको छ ।

हलमा रिलिज हुँदा भने चलचित्रले दर्शकबाट खासै राम्रो प्रतिक्रिया पाएको थिएन । तर आइफिल्क्समा भने फिल्मलाई लिएर दर्शकले राम्रो प्रतिक्रिया दिएका थिए ।

चलचित्रलाई रोजिना सिटौलाले निर्माण गरेकी हुन् भने खगेन्द्र लामिछानेले लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?