टाटा मोटर्सको पहिलो उत्पादन ‘ह्यारियर’ सार्वजनिक, सन् २०१९ मा बजारमा निकाल्ने तयारी

काठमाडौँ । भारतीय सवारी उत्पादक कम्पनी ‘टाटा मोटर्स’ले बहुप्रतिक्षित नयाँ मोडलको ह्यारियर सार्वजनिक गरेको छ । 

सन् २०१९ को जनवरीमा भारतिय बजारमा निकाल्ने तयारी गरिरहेको ‘टाटा मोटर्स’ले बहुप्रतिक्षित मोडल ह्यारियर पहिलो पटक प्लान्टबाट रोलआउट गरेको हो । सो कारको ‘ग्लोबल प्रिमियर’ तयारी गर्ने तयारी गरिरहेको टाटा कम्पनीले ह्यारियरको पहिलो उत्पादन यहि डिसेम्बरमा सार्वजनिक गर्दैछ । 

टाटाका पेसेन्जर भेइकल बिजनेश यूनिटका प्रमुख मयांक पारिकरले सो कारको प्रि–बुकिङदेखि नै ग्राहकको उत्साहजनक प्रतिक्रियाले कम्पनीलाई नयाँ प्रोडक्ट चाँडै ल्याउन उत्साह थपेको जानकारी दिए । 

टाटाले कन्सेप्ट कारमा भन्दा आकर्षक देखिएको ह्यारियरलाई कम्पनीले ५ र ७ सिट क्षमतामा बजारमा ल्याउने जनाएको छ । नयाँ ओमेगा प्ल्याटफर्ममा बनाइएको यो कारको प्ल्याटफर्म ल्यान्डरोभर डिस्कभरी स्पोर्टको ‘एलएस’ ५ सय ५० बाट लिइएको हो । 

टाटाले ह्यारियरमा अल न्यू २ दशमलब ० लिटर क्यारोटेक टर्बोचार्जड डिजल इन्जिन युक्त रहेको छ । ४ सिलिन्डर इन्जिन रहेको यो गाडी कुनैपनि बाटोमा चलाउन उत्कृष्ट हुने कम्पनीले दाबी गरेको छ ।

उक्त इन्जिनले १ सय ४० पीएस पावर र ३ सय २० एनएम टर्क उत्पादन गर्नेछ । यो प्रिमियम एसयूभीमा ६ स्पीड म्यानुयल र ६ स्पीड एटोमेटिक ट्रान्समिसन रहेको छ । यो कारमा सुरक्षाको लागि एबीएस, इबीडी, एयरब्याग, हिल डिसेन्ट कन्ट्रोल, ट्याक्सन कन्ट्रोललगायतका विशेषता उपलब्ध हुनेछ ।

टाटा ह्यारियरमा प्रिमियम क्याबिनको साथ मल्टी फिचर दिइएको बताइएको छ । नयाँ इन्फोटेन्टमेन्टका साथ हर्मन कार्डन म्युजिक सिस्टम यसमा छ । यो कारको मुल्य १२ लाख भारतीय रुपैयाँ पर्ने अनुमान गरिएको छ 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?