‘प्रेमलीला’ ले ल्यायो कपाल मुण्डन गरेर ५० हजार जित्ने प्रतियोगिता

काठमाडौं । चलचित्र ‘प्रेमलीला’ ले आफ्नो प्रचारलाई फाइदा पु–याउने उद्देश्यले ‘तक्लु ब्युटी कन्टेस्ट’ को आयोजना गर्ने भएको छ ।

फिल्मका लागि नायिका दीपशिखा खड्काले कपाल मुण्डन गरेकी थिइन् । महिलाका लागि कपाल प्यारो भए पनि महिलाको सुन्दरता हेर्ने नजरमा हुने भन्दै ब्युटी कन्टेस्टको आयोजना गर्न लागिएको फिल्मकी अभिनेत्री समेत रहेकी दीपशिखाले बताइन् ।

‘तक्लु ब्युटी कन्टेस्ट’ मा महिलाले मात्र सहभागिता जनाउन सक्ने निर्माण टीमले जानकारी गराएको छ । प्रतियोगितामा सहभागी हुन फिल्मको अफिसियल फेसबूक पेजलाई लाइक गरी आफ्नो विवरणसहित महिलाले आफ्नो तक्लु तस्वीर पठाउन सक्नेछन् ।

प्रतियोगितामा समावेशमध्ये अन्तिम दशलाई प्रतियोगितामा छानेर प्रतिस्पर्धा गराइनेछ । निर्णायकले छानेकामध्ये प्रथम हुनेले ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

चलचित्र आउँदो माघ २५ गतेदेखि प्रदर्शनमा आउनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?