काठमाडौं । उरुग्वेले भेट्रान स्ट्राइकर लुइस स्वारेज र एडिसन काभानीलाई समावेश गर्दै कतार विश्वकप २०२२ का लागि २६ सदस्यीय टोलीको घोषणा गरेको छ । यससँगै स्वारेज र काभानी लगातार चौथो पटक विश्वकपमा सहभागी हुने भएका छन् । कुर्कुच्चाको चोटका कारण काभानीले विश्वकप खेल्ने वा नखेल्नेमा दुबिधा थियो ।
यस सिजन उनले स्पेनिस ला लिगामा भ्यालेन्सियाबाट १४ खेलमध्ये एक खेलमा मात्र पूर्ण समय मैदान उत्रिएका छन् । स्वारेजले सेप्टेम्बरमा सम्पन्न दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पनि टोलीमा स्थान बनाएका थिए । यसैगरी रियल मड्रिडका फेर्डिको भाल्भार्डेले पनि टोलीमा स्थान बनाएका छन् ।
समूह एच मा रहेको उरुग्वेले २४ नोभेम्बरमा दक्षिण कोरिया, २८ नोभेम्बरमा पोर्चुगल र २ डिसेम्बरमा घानाको सामना गर्नेछ ।
उरुग्वेको टोली :
गोलकिपर : फर्नान्डो मुसलेरा, सर्जियो रोचेट, सेबास्टियन सोसा
रक्षक : रोनाल्ड अरुजो,मार्टिन कारेस, सेबास्टियन कोट्स, जस जिमिनेज, डिएगो गोडिन, माटियास ओलिभियरा, जस लुइस रोर्डिग्वेज, ग्युलेर्मो भारेला,माटियास विना
मिडफिल्डर : जर्जियान डी आरास्केट, रोर्डिगो बेटानकुर, निकोलस डी ला क्रुज, लुकास टोरिरा, म्यानुअल गार्टे, फेर्डिको भाल्भार्डे, माटियास भिनिसियो
स्ट्राइक : अगस्टिन कानाबायो, इडिसन काभानी, म्याक्सि गोमेज, डार्विन नुनेज, फाकुन्डो पिलेस्ट्रि,लुइस स्वारेज, फाकुडो टोरेस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया