काइनेटिकले मोटरसाइकल उत्पादन गर्ने

एजेन्सी ।  सुपर मोटरसाइकल बिक्री वितरक ‘मोटोरोयल काइनेटिक’ले मोटरसाइकल उत्पादन गर्ने भएको छ ।

‘मोटोरोयल काइनेटिक’ले भारतीय बजारमा सन् २०२१ सम्ममा ३ सय र ५ सय सी.सी इन्जिन क्षमताका मोटरसाइकल उत्पादन गर्ने भएको हो । 

कम्पनीले भारतको महाराष्ट्रस्थित सुपामा वार्षिक ६० हजार मोटरसाइकल उत्पादन गर्न सक्ने एसेम्बलिङ प्लान्ट स्थापना गरेको हो । मोटोरोयलले उक्त प्लान्टमा १२ करोड भारु लगानी गर्ने घोषणा गरेको छ । हाल उक्त कम्पनीले भारतमा सुपर मोटरसाइकल आयात गरी बिक्री गर्दै आएको छ ।

कम्पनीले भारतीय बजारमा ३ सयदेखि ५ सय सीसीका मोटरसाइकल २ देखि ३ लाख भारुमा बिक्री गर्ने योजना बनाएको छ । 

सन् २०२१ भित्र भारतीय बजारमा मोटरसाइकल उत्पादन गर्ने गरी काम गरिरहेको मोटोरोयल काइनेटिकका प्रबन्ध निर्देशक कजिन्कया फिरोडियाले जानकारी दिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?