पोखरा । पोखरा पल्टनले पोखरा प्रिमियर लिग ‘पीपीएल’ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
पोखरा रंगशालामा मंगलवार भएको फाइनल खेलमा घरेलु टोली पोखरा पल्टनले चितवन राइनोजलाई ३ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।
१ सय ६१ रनको लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको पोखरा पल्टनले निर्धारित लक्ष्य १९ दशमलब २ ओभरमा मात्र ७ विकेट गुमाउँदै पुरा ग-यो । पोखरा पल्टनका लागि रबि इन्द्रर सिंहले उत्कृष्ट इनिङस खेले । उनले ५८ बलमा १३ चौका र ३ छक्काको मदतमा ९० रन बनाएर पेभेलियनमा फर्किए ।
मोहम्मद नाभिदले २५ रन, कप्तान शरद भेषवाकरले २२ रन, आशिफ शेखले १२ रन तथा कुशल भुर्तेलले मात्र ४ रन जोडे । रोहित कुमार शुन्य रनमा आउट भए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६० रनको योगफल तयार पारेको छ ।
चितवनले ९ रन बनाएको स्थितीमा पहिलो विकेट गुमाएको थियो । ओपनर ब्याट्सम्यान हरिशंकर शाह आठ रनमा आउट भएका थिए । कप्तान पारस खड्काले अर्धशतकिय पारी खेले । उनले अनिल शाहसँग ७६ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।
खड्काले ३६ बलमा ९ चौकाको मदतमा जारी प्रतियोगितामा पहिलो अर्धशतकिय पारी खेलेका हुन् । अनिल ३७ रनमा पेभेलियनमा फर्किए । त्यस्तै सन्नी पटेलले ४ छक्का र ३ चौकाको मदतमा ४२ रनको योगदान दिए । आरिफ शेखले १४ रन जोडे ।
पोखराका लागि कृष्ण कार्कीले २ विकेट तथा मोहमद नाभिद र ललित नारायण राजवंशीले समान १-१ विकेट लिए । उपाधिसँग पोखरा पल्टनले नगद २७ लाख रुपैयाँ हात पारेको छ । त्यस्तै उपविजेता बनेको काठमाडौंले १० लाख रुपैया जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया