सातामा सेयर बजार : नेप्से घटेपनि कारोबार रकम सात अर्ब नाघ्यो

लोकपथ
14
Shares

काठमाडौं । यो साता पनि सेयर बजार लगानीकर्ताहरुको लागि सन्तोषजक देखिएन् । मंसिर ४ गते हुने चुनावको मिति नजिकिँदै गर्दा सेयरबजार बढ्न सक्ने अपेक्षा धेरै लगानीकर्ताहरुले गरेका थिए । तर उक्त अपेक्षा विपरित नेप्से घटेको छ । नेप्से घटेपनि कारोबार रकम भने गत साताको तुलनामा बढेको छ । यो साता नेप्से १८ सय ९३ दशमलव ७० खुम्चिन पुग्दा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७२ दशमलव ३७ अंकमा खुम्चिन पुगेको छ ।

सातामा दुुई सय २८ वटा कम्पनीहरुको एक लाख २८ हजार एक सय ३८ पटक सेयर किनबेच भएका छन् । जसबाट एक करोड ८४ लाख ४३ हजार सात सय ८० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम सात अर्ब २३ करोड ७१ लाख ९० हजार दुई सय ६० रुपैयाँ पुग्न सफल भएको छ । यो कारोबार रकम गत साताको तुलनामा तीन अर्ब रुपैयाँले बढी हो । गत साता भने नेप्सेमा चार अर्ब ३५ करोड ४८ लाख चार हजार नौ सय ५८ रुपैयाँको सेयर कारोबार भएको थियो । उक्त साता दुुई सय ३१ वटा कम्पनीहरुको ९२ हजार आठ सय ६७ पटकको कारोबारमा एक करोड ३६ लाख छ हजार आठ सय १६ कित्ता सेयर किनबेच हुँदा उक्त परिमाणमा रकम कारोबार भएको थियो ।

नेप्सेको नियमित कारोबार कक्ष यो साता पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । जसमध्ये पहिलो दिन नेप्से बढेको थियो भने दोस्रो, तेस्रो, चौंथो र पाँचौ दिन लगातार नेप्से घटेको थियो । सो अनुसार पहिलो दिन ४३ दशमलव दुई अंकले बढेर एक हजार नौ सय ६५ दशमलव ३६ अंकमा चढ्न सफल भएको नेप्से दोेस्रो दिन भने छ दशमलव ४३ अंकले घटेर एक हजार नौं सय ५८ दशमलव ९४ अंकमा खुम्चिन पुगेको थियो । तेस्रो दिन पनि दुई दशमलव ५७ अंकले घटेर एक हजार नौं सय ५६ दशमलव ३६ अंकमा झरेको नेप्से चौंथो दिन पुन ३९ दशमलव १५ अंकले घटेर १९ सय १७ दशमलव २२ अंकमा सिमित हुन पुगेको थियो । यसैगरी पाँचौं दिन पनि नेप्से २३ दशमलव ५२ अंकले घटेर १८ सय ९३ दशमलव ७० अंकमा खुम्चिन पुगेको थियो ।

सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन आठ दशमलव नौ अंकले बढेर तीन सय ८७ दशमलव ५२ अंकमा चढ्न सफल भएकोमा दोस्रो दिन दुई दशमलव १९ अंकले घटेर तीन सय ८५ दशमलव ५३ अंकमा खुम्चिन पुगेको थियो । तेस्रो दिन पनि एक दशमलव १२ अंकले घटेर तीन सय ८४ दशमलव २१ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स चौंथो कारोबार दिन पुन सात दशमलव ६८ अंकले घटेर तीन सय ७६ दशमलव ५३ अंकमा सिमित हुन पुगेको थियो । पाँचौं दिन पनि सेन्सिटिभ इन्डेक्स चार दशमलव १७ अंकले घटेर तीन सय ७२ दशमलव ३७ अंकमा खुम्चिन पुगेको थियो ।

यो साता शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्राली, नेपाल टेलिकम आदिको बढी रकम कारोबार भएको छ भने शिवम सिमेन्ट, नेपाल टेलिकम, नेशनल हाईड्रो पावर कम्पनी आदिको बढी संख्यामा सेयर किनबेच भएको छ । यसैगरी बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

यस्तो रह्यो यो साता दैनिक सेयर कारोबार (कित्ता संख्यामा र कारोबार रकम रुपैयाँमा)

    दिन                 कम्पनी संख्या             कारोबार संख्या                कित्ता                 कारोबार रकम
पहिलो दिन                   २२८                           २७७६८                   ३९१३५७३              १५४८०३२५६१
दोस्रो दिन                     २२४                           ३५११२                     ४९४४०७६             २१०९१६३३८४
तेस्रो दिन                      २२६                           १८४७२                    २७७३७३७             १०५३१३७४६७
चौंथो दिन                     २२३                            २४३८८                    ३६९७७२३              १४०७३९५४३७
पाँचौं दिन                     २२६                            २२३९८                    ३११४६८९               १११९४६१४११
 कुुल                                                          १२८१३८                    १८४४३७८०            ७२३७१९०२६०

                                              (श्रोतः नेपाल स्टक एक्सचेन्ज लिमिटेड)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?