शेयर बजार दोहोरो अङ्कले वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा मंगलवार शेयरको मूल्य पुनः दोहोरो अङ्कले वृद्धि भएको छ । 

पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली शुरु भएको मंगलवार  पहिलो दिन कारोवार मापक नेप्से परिसूचक १० दशमलव ७९ बिन्दुले बढेर एक हजार २ सय १८ दशमलव ०७ बिन्दुमा पुगेको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ३८ बिन्दुले बढेर २ सय ५९ दशमलव १९ बिन्दुमा पुगेको छ । मंगलवार कूल १ सय ५५ कम्पनीको आठ लाख २२ हजार २ सय ७ कित्ता शेयर २४ करोड ४५ लाख ७० हजार ५ सय ५२ मूल्यमा खरीद बिक्री भएको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बैंकिङ १० दशमलव ४८, होटल ३७ दशमलव ६२, विकास बैंक १३ दशमलव २८, जलविद्युत् ३ दशमलव ०४, वित्त १ दशमलव २५, निर्जीवन बीमा ५७ दशमलव ०२, उत्पादन ०७, अन्य ३ दशमलव १५, माइक्रोफाइनान्स १५ दशमलव ३७ र जीवन बीमा ६५ दशमलव ३३ बिन्दुले बढेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?