कांग्रेस महासमिति बैठक स-यो, अरु के के निर्णय भयो ?

नेपाली कांग्रेसको महासमिति बैठके आगामी मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म बस्ने छ ।

आज काङ्ग्रेस पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले महासमिति बैठकको मिति सारेको हो । तिहार, छठलगायत चाडपर्व नजिकदै गर्दा महासमिति बैठकको मिति सारिएको कांग्रेसका नेताहरुले बताए ।

यसअघि कांग्रेस महासमितिको बैठक आगामी मंसिर ५ देखि ९ सम्मका लागि तोकिएको थियो ।

आज बसेको बैठकले विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गर्दै तत्कालीन लोकतान्त्रिक फोरम नेपाल र कांग्रेसबीच औपचारिक रूपमा एकता भएको घोषणा गरेको छ ।

जिल्लागत रूपमा पार्टी संगठन र भातृ संगठनको एकताका लागि पार्टी सभापति विमलेन्द्र निधिको संयोकत्वमा समिति गठन गरिएको कांग्रेसले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?