मुल्मीको अध्यक्षतामा स्नुकर संघ पुनर्गठन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले स्नुकरका पूर्व राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीको अध्यक्षतामा नेपाल विलियर्ड, स्नुकर तथा पुल संघ पुनर्गठन गरेको छ ।

पुनगर्ठित संघको उपाध्यक्षमा विन्देश्वर श्रेष्ठ, ध्रुव तुलाधर, मनोज खड्गी, हीरा दाहाल र गोपाल माली, महासचिवमा केशवराज अधिकारी, सचिवमा मुकेश बुढाथोकी, सह–सचिवमा सञ्जयकुमार मुल्मी, कोषाध्यक्षमा गंगाराम श्रेष्ठ तथा सह–कोषाध्यक्षमा केशर मल्ल रहेका छन् । 

सदस्यमा राजन लामा, सरोज कार्की, एलिना महर्जन, विवश केसी, निर्मल पाण्डे, मनोजकुमार सिंह, मनोज केसी, राधा श्रेष्ठ, सुवास राई, गजराज खड्का र खेलकुद परिषद्बाट २ जना प्रतिनिधि रहेका छन् ।

पदाधिकारीहरुलाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच पत्र हस्तान्तरण गरे । पुनर्गठित संघलाई समय साक्षेप विधान संशोधन गरी खेलकुद परिषद्बाट स्वीकृति लिइ ३ महिनाभित्र निर्वाचन सम्पन्न गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?