काठमाडौं । पिपुल्स हाईड्रो पावर कम्पनीको साधारण सेयरको बिक्री खुल्ला भएको छ । कम्पनीले आज शुक्रवारबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ५६ करोड छ लाख ३९ हजार रुपैयाँ बराबरको ५६ लाख छ हजार तीन सय ९० कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको हो ।
बिक्री कार्य खुल्ला भएको कुल सेयर मध्येमा तीन प्रतिशत अर्थात एक लाख ६८ हजार एक सय ९० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीको लागि, पाँच प्रतिशत अर्थात दुई लाख ८० हजार तीन सय २० कित्ता सेयर सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ५१ लाख ५७ हजार आठ सय ८० कित्ता सेयर सर्वसाधारणको लागि छुट््याईएको छ । खरिदकर्ताहरुले न्युनतम १० देखि अधिकतम एक लाख कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।
अधिकृत पुँजी तीन अर्ब २० करोड तथा जारी पुँजी तीन अर्ब २० करोड रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुँजी दुई अर्ब ४० करोड रुपैयाँ रहेको छ । साधारण सेयरको बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी तीन अर्ब ४० करोड रुपैयाँ पुग्ने छ । सानिमा क्यापिटल लिमिटेड बिक्री प्रर्वन्धक रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा यही कात्र्तिक २९ गते र ढिलोमा मंसिर नौ गते बन्द हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया