इन्डोनेशिया । इन्डोनेशियाको बालिमा जारी चौंथो भोभिनम एशियन च्याम्पियनसिपमा नेपालको तर्फबाट ७२ केजि तौल समुहमा अजय बुढाथोकीले रजत पदक जितेका छन्।
उनले क्वाटरफाइनलमा बाई पाएर सिधै सेमिफाइनलको यात्रा तय गरेका थिए । सेमिफाइनलमा कम्बोडियाका खेलाडीलाई हराउँदै फाइनलमा पुगेका बुढाथोकी फाइनलमा भने भियतनामका खेलाडीसँग पराजित हुदा नेपालले रजत पदकमा चित्त बुझाउनु परेको थियो ।
बुढाथोकीले यस अघि पनि मिक्स मार्सल आर्टमा विभिन्न पदक जित्नुका साथै विश्व च्याम्पियनसिपमा समेत सहभागिता जनाई सकेका छन् उनी अनुभवी खेलाडीका रुपमा परिचित छन्।
मार्सलआर्ट अर्गनाइजेसन नेपाललाई आएको निमन्त्रणालाई स्विकार गरि नेपालको प्रतिनिधित्व गर्दै चार सदस्यीय टोलि प्रशिक्षक द्वय सिताराम हुमागांई, राजेश तामाङ र खेलाडीहरु अजय बुढाथोकी, पुकार हुमागांई गत कार्तिक १५ गते इन्डोनेशिया प्रस्थान गरेको थियो।
त्यस्तै गरि अजय र पुकारले सेट फाईट ईभेन्टमा पनि नेपाललाई कास्य पदक दिलाउन सफल भएका छन्। सेट फाईटमा ६.८ स्कोर प्राप्त गर्दै उनीहरुले कास्य पदक जितेका छन्। विभिन्न अन्तर्राष्ट्रिय च्याम्पियनसिपहरुमा सहभागिता जनाएका पुकार हुमागांईको भने यो पहिलो अन्तरास्ट्रिय पदक हो।
नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न सफल भएको प्रशिक्षक द्वय हुमागांई र तामाङले जानकारी दिएका छन्। उक्त प्रतियोगितामा १७ राष्ट्रको सहभागिता रहेको थियो।
नेपाली खेलाडीले अवसर पाए जस्तो सुकै अवस्थामा पनि पदक दिलाउन सक्छन भन्दै नेपालीको शिर उच्च राख्न सफल पदक विजेता खेलाडहरु तथा प्रशिक्षकहरुलाई बधाई तथा शुभकामना दिदै मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजिव महर्जनले आफुले अझै यस्ता अवसरहरुको खोजी गर्दै नेपाली खेलकुदको स्तरोन्नति मा टेवा पु-र्याउने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया