विद्यालय स्तरिय प्रथम अन्नर्राष्ट्रिय विज्ञान प्रर्दशनी सम्पन्न

लोकपथ
28
Shares

काठमाडौं । नेशनल साइन्स फाउन्डेसन, भारत र डीएभी सुशील केडिया विश्व भारती विद्यालय ललितपुर, नेपालको संयुक्त आयोजनामा विद्यालय स्तरिय प्रथम अन्नर्राष्ट्रिय विज्ञान प्रर्दशनी डीएभी विद्यालय परिसरमा कार्तिक २४ गते भव्य रुपमा सम्पन्न भएको छ ।

प्रर्दशनीमा नेपाल र भारतका उत्कृष्ट एघार विद्यालयको सहभागिता रहेको थियो । प्रर्दशनी कार्यक्रमलाई सम्बोधन गर्दै अन्नर्राष्ट्रिय कन्भेनर तथा डीएभी विद्यालयका अध्यक्ष अनिल केडियाले भौतिक विज्ञानको विकासको लागि आध्यात्मिक विज्ञानको महत्वपूर्ण भूमिका रहेको विचार व्यक्त गरे । उनले उक्त पर्दशनीमा सहभागी सम्पूर्णलाई सफलताको शुभकामना दिदैँ विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गर्दै थप प्रर्दशनीहरु समेत आयोजना गरिदै लगिने बताए ।

कार्यक्रममा राष्ट्रिय कन्भेनर सुनील कुमारले प्रथम विद्यालय स्तरिय अन्नर्राष्ट्रिय विज्ञान प्रर्दशनी विश्व विज्ञान सम्मेलनको एक अंश रहेको बताउँदै डीएभी विद्यालयसँगको सहकार्यले दुई छिमेकिबीचका विद्यार्थीहरुमाझ ज्ञान, प्रबिधि र संस्कृति आदन—प्रदान गर्न सफल भएको राय व्यक्त गरे ।

प्रदर्शनी कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर महेन्द्र मर्हजन (त्रिभुवन विश्वविद्यालय) ले डीएभी विद्यालयलाई एक स्रोत संस्थाको रुपमा व्यख्या गर्दै उक्त संस्था लगायत सम्पूर्ण सहभागी विद्यालयहरुलाई उच्च सफलताको शुभकामना सन्देश व्यक्त गरे ।

डीएभी विद्यालयकी प्राचार्य डाक्टर भुवनेश्वरी रावले विज्ञान र प्रविधिको क्षेत्रमा संयुक्त राष्ट्र संघको सन्देश र भूमिकामाथि चर्चा गर्दै सहभागी विद्यार्थीहरु द्वारा निर्मित नविनतम मोडलहरुको प्रशंशा गरे । सन् २०२२ नोभेम्बर १० संसारभर विभिन्न कार्यक्रम आयोजना गरि विश्व विज्ञान सम्मेलन भव्य रुपमा मनाइएको छ । यस वर्ष विश्व विज्ञान सम्मेलनको नारा विश्व दीगो विकास लागि नविनतम उद्योग र पूर्वाधार रहेको छ ।

प्रर्दशनीमा सहभागीहरुले फलाम र स्टील उद्योगको लागि आवश्यक पर्ने पानी भण्डारणको मोडेल, वर्षा, बाढी र हावाहूरीको पूर्व संकेत दिने बिभिन्न मोडेललगायत, स्र्माट सीटी, सामुन्द्रिक फोहोर व्यवस्थापन, वहुउद्देश्य ल्याण्ड रोभर र सोलारबाट सञ्चालनमा ल्याउन सकिने विभिन्न ल्याम्पहरुका मोडेलहरु प्रर्दशन गरेको थिए । यि सम्पूर्ण मोडेलहरु विद्यार्थीहरुले दुई घण्टाको अबधिभित्र सिर्जना गरेका हुन् ।

प्रर्दशनीमा सेन्ट मेरिज स्कुल जावलाखेलले प्रथम हासिल ग¥यो भने केन्द्रीय विद्यालय काठमाडौं र द्यान गंगा विद्यालय, पुने भारत क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे । सोहि प्रर्दशनीको अर्को विधामा द्यान गंगा विद्यालय, पुने, भारत र डीएभी सुशील केडिया विश्व भारती विद्यालय विजेता बने । उक्त कार्यक्रमको निर्णायको भूमिकामा मनोज कुमार, एसोसियट प्रोफेसर त्रिचन्द्र क्याम्पस, त्रिवि र इन्जिनियर अजय श्रेष्ठ, एडभान्सन्ड इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट त्रिवि रहेका थिए ।

सोहि अवसरमा डीएभी विद्यालय नेपालकी प्राचार्य डाक्टर भुवनेश्वरी राव र द्यान गंगा विद्यालय पुने भारतकी प्राचार्य श्रीमती रेनुका दत्तलाई संयुक्त राष्ट्रसंघिय दीगो विकास अर्वाड २०२२ बाट सम्मानित गरिएको थियो । प्रर्दशनीमा टर्नीङ्ग प्वाइन्ट स्कुल पट्ना भारतका डाइरेक्टर उमेश सिंहको समेत उपस्थिती थियो । साथै डीएभी विद्यालयको मयुर डान्स क्लबका विद्यार्थीहरुले आर्कषक नृत्य प्रर्दशन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?