चरेससहित तीनजना पक्राउ

मुसिकोट । लागु औषध चरेससहित आठबीसकोट नगरपालिका–१३ भल्मबाट प्रहरीले आज तीनजनालाई  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आठबीसकोट नगरपालिका–९ का ४२ वर्षीय इन्द्र चन्द, ३८ वर्षीय कर्णबहादुर शाही र सिद्धकुमाख गाउँपालिका सल्यानका ६० वर्षीय हिक्मत बुढाथोकी रहेका छन् ।

लागुऔषध चरेस ओसार–पसार भइरहेको प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब निरीक्षक सुमित खड्काले बताए ।

उनीहरुको साथबाट १० किलो १०० ग्राम कालो चरेस, दुई थान तराजु, १७ वटा नापतौल गर्ने पुरानो सिक्का, एक थान ढक, तीन थान मोबाइल, एक वटा स्प्रिङ तराजु र ४३ हजार ४४५ नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?